२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा अवैध लागूऔषध सहित ३५ वर्षीय युवक पक्राउ

२०७८ मंसिर १३, सोमबार प्रकाशित ( साल अघि) २८८३ पाठक संख्या

गैंडाकोट । नवलपुर प्रहरीले लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ।

गैंडाकोट नगरपालिका १४ राधाकृष्ण टोल बस्ने ३५ वर्षीय मेघराज जैसीलाई नियन्त्रित लागूऔषध सहित आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

अस्थाई प्रहरी पोष्ट बेल्डिहाबाट खटिएको प्रहरीले उक्त चोकमा उनलाई जाँच गर्ने क्रममा ७ एम्पुल डाइजेपाम, ७ एम्पुल नुफिन र ७ एम्पुल फेनारगन सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले थप अनुसन्धानको क्रममा उनको घरबाट समेत ६० एम्पुल डाइजेपाम, ६० एम्पुल नुफिन र ६० एम्पुल फेनारगन फेला पारी बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१०%३%४%१%३%६%

प्रतिक्रिया दिनुहोस