२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा अवस्थित सामुदायिक प्राकृतीक चिकित्सालयको उपचार विश्वासीलो बन्दै

२०७८ बैशाख १३, सोमबार प्रकाशित ( साल अघि) १४५५ पाठक संख्या

देवचुली,१३ वैशाख । कोरोना संक्रमणका समयमा प्राकृतीक उपचार फलदायि भएको भन्दै यो उपचार पद्धती अपनाउनेको संख्या बढेको छ ।

मानव शरिरका लागि प्राकृतीक उपचार नै असली उपचार रहेको भन्दै प्राकृतीक उपचार गर्न आउने अहिले बढेका हुन । नवलपुरको रजहरमा रहेको सामुदायिक प्राकृतीक चिकित्सालयमा कोभिड पछि उपचार गर्न आउनेको संख्या थेगि नसक्नु छ ।

प्राकृतीक पद्धतीद्धारा उपचार गराउदै आएको सामुदायिक चिकित्सालयमा कोरोना पछि अस्पताल संञ्चालनमा आएपछि उपचारका लागि नामदर्ता गराउनेको संख्या नै थेगि नसक्नु अवस्था भएको चिकित्सालय व्यवस्थापनले दावि गरेको छ ।

कोभिडको समयमा कोभिड अस्पताल बनाइएको र धेरै कोरोना संक्रमितहरुलाई प्राकृतीक पद्धतीद्धारा नै निको बनाएको कारण पनि प्राकृतीक उपचारमा विश्वास राख्ने बढेका हुन । कोरोनालाई सजिलै जिताउन सक्ने यो पद्धतीले अरु सामान्य रोगहरुलाई पनि निको बनाउने विश्वास राख्दै प्राकृतीक उपचार लिन आउनेको संख्या बढेको हो ।

कोभिडका कारण प्राकृतीक उपचार दिन नसकेको भए पनि अहिले भने चिकित्सालयले सबै प्रकारका उपचार प्रदान गरेको चिकित्सालयका डाक्टर विनोद पौडेलले बताउनुभयो । कोभिडका समयमा घरमै बस्नु परेको, मानसिक तथा शारिरीक दुबै समस्या झेलेका विरामीहरु चिकित्सालयमा बढि आएका छन ।

प्राकृतीक उपचार गराउन अहिले अधिकासं कोरोनाले असर गरको विरामीहरु आएको चिकित्सालयका निर्देशक समेत रहनुभएका डाक्टर विनोद पौडेलले बताउनुभयो ।

कोभिड पछि उपचार लिन आउने विरामीको संख्या आफुहरुले सोचे भन्दा बढि भएको चिकित्सालयका व्यवस्थापक हरि सापकोटाले बताउनुभयो । सापकोटाका अनुसार अहिले कोभिडको दोस्रो लहर सुरु भएका कारण पहिले देखि उपचार लिइ रहेका विरामीहरुलाई मात्र उपचार दिइएको बताउनुभयो ।

अहिले उक्त चिकित्सालयमा बिस जना भन्दा बढिले उपचार लिइ रहेका छन । प्राकृतीक चिकित्सालय उपचारमा विश्वास राख्ने र यो उपचार अपनाउनेहरु प्राकृतीक उपचार नै अहिलेको अवस्यकता सम्झने र उपचारमा सामेल हुने गरेका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस