२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा अक्सिजन उत्पादन बृद्धि गर्न उद्योगलाई निर्देशन

२०७८ बैशाख १६, बिहिबार प्रकाशित ( साल अघि) १७७२ पाठक संख्या

कावासोती । कोभिड – १९ संकट व्यवस्थापन केन्द्र नवलपुरले जिल्लामा अक्सिजनको अभाव हुन नदिन अक्सिजन उद्योगलाई उत्पादन बृद्धि गर्न निर्देशन गरेकोे छ ।

प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीको नेतृत्वमा बुधबार जिल्लाका विभिन्न स्थानीय तहका स्वास्थ्य संस्थाहरुको अवस्थाको बारेमा अनुगमन गरिएको थियो । सोहि क्रममा गैडाकोट नगरपालिकामा रहेको सिद्धिविनायक अक्सीजन उद्योगमा अनुगमन गरिएको छ ।

उद्योगले अहिले १ सय ५० वटा अक्सिजन सिलिन्डर उत्पादन गर्दै आएको छ । अब २४ सै घण्टा उद्योग सञ्चालन गर्ने र दैनिक ३ सय वटा अक्सिजन सिलिन्डर उत्पादन गर्न उद्योग सहमत भएको प्रजिअ पंगेनीले जानकारी दिनुभयो ।

कोभिड – १९ संक्रमणले भयावह स्थीती आउन सक्ने अवस्था देखिएकाले जिल्लामा अक्सिजनको अभाव हुन नदिन पूर्व तयारी स्वरुप उद्योगका प्रमुख किरण कुमालसंग छलफल गरि दैनिक ३ सय वटा अक्सिजन सिलिन्डर उत्पादन गर्ने सहमती भएको पंगेनीले बताउनुभयो ।

यसैगरि देवचुली नगरपालिकाको दुम्कौलीमा रहेको शंकर अक्सिजन उद्योगमा पनि अनुगन गरिएको छ । यस उद्योगले अन्य जिल्लाबाट अक्सिजन सिलिन्डर ल्याएर भण्डारण गर्ने भएकाले उद्योगमा अक्सिजनको भण्डारण क्षमता बढाउने तथा ३ वटा सिलीन्डर कोभिड – १९ संकट व्यवस्थापन केन्द्रका लागि छुट्याउने र जिल्लालाई पहिलो प्राथमिकता दिने समहती भएको छ ।

केन्द्रले बुधबार गैंडाकोट नगरपालिकाको पितौजीघाट नगर अस्पताल , देवचुली नगरपालिकाको दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्र र कावासोती नगरपालिकाको मध्यविन्दु जिल्ला अस्पतालको तत्कालीन अवस्था र पूर्व तयारी के छ ? भन्ने बारेमा अनुगमन र छलफल गर्नुका साथै विभिन्न निर्णय समेत गरेको छ । मध्यविन्दु जिल्ला अस्पतालमा भएको छलफलबाट कावासोती नगरपालिकाले तत्काल १० वटा अक्सिजन सिलिन्डर खरीद गर्ने निर्णय गरिएको छ ।

भने भईपरिआउने आउने अवस्थामा आइसोलेसन कक्ष व्यवस्थापन गर्न कावासोतीको कुमारी निजी शैक्षिक गुठीको भवन र अपाङ्ग पुनस्थापना केन्द्रको भवन उपयोगमा ल्याउन समन्वय गर्ने निर्णय गरिएको जिल्ला स्वास्थ्य कार्यालय पूर्वी नवलपरासीका प्रमुख केशव चापागाईंले बताउनुभयो ।

यस्तै गैंडाकोट नगरपालिकामा अहिले पाँच वेडको आइसोलेसन कक्ष रहेको छ । आवश्यक परे २० वेडसम्मको आइसोलेसन कक्ष निर्माण गर्ने निर्णय गरिएको चापागाईंले जानकारी दिनुभयो ।

यसैबीच मध्यविन्दु जिल्ला अस्पतालले १२ वेडको सुविधा सम्पन्न आइसोलेसन निर्माण गरेको छ । अर्को हप्तादेखी उक्त आइसोलेसन सञ्चालन गर्ने अस्पतालका डा. बीर बहादुर थापाले जानकारी दिनुभयो । सदरमुकाम कावासोतीमा रहेको जिल्ला अस्पतालमा पिसिआर परीक्षण समेत हुँदै आएको छ ।

अहिले अस्पतालबाट दैनिक रुपमा ३० देखि ३५ जनाको पिसीआर हुँदै आएको डा . थापाले बताउनुभयो । आउने दिनमा अवस्था भयावह हुने स्थीती आएमा स्वास्थ्य उपचारलाई व्यवस्थीत बनाउन जनशक्तिको माग गरिएको उहाँले बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस