२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरबाट विप्लव नेतृत्वका ६ जना बन्दकर्ता पक्राउ

२०७८ कार्तिक ३०, मंगलबार प्रकाशित ( साल अघि) ७१५ पाठक संख्या

कावासोती । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै बन्द गराउन हिँडेका विप्लव नेतृत्वको नेकपाका ६ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

चोरमारा बजारमा आज बिहान बन्द गराउंदै हिडेका नेपाल कम्युनिष्ट पार्टी  विप्लव समुहका २ जिल्ला सदस्यसहित ६ कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

FB_IMG_1637049791729

पक्राउ पर्नेमा जिल्ला सदस्यद्वय धनबहादुर मगर, विरबहादुर थापा मगर छन् । त्यसैगरी पक्राउ पर्ने अन्यमा नरेन्द्रमान मुखिया, दीपक कुंवर, दीपक विक र मंगलसिंह कुमाललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरू सबै मध्यविन्दु नगरपालिकाका हुन् ।

FB_IMG_1637047250674

जिल्लामा प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालयबाट प्रहरीहरू पूर्व–पश्चिम राजमार्ग तथा बजारका चोकचोकमा बाक्लो मात्रामा परिचालित भएका छन् ।

प्रहरीले शान्ति सुरक्षाका लागि राजमार्गमा स्कर्टिङ गरी रोकिएका सवारीसाधनहरूलाई गन्तव्यसम्म पुर्‍याएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%१%

प्रतिक्रिया दिनुहोस