२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरबाट एक महिला दुई छोरीसहित बेपत्ता

२०७५ मंसिर २६, बुधबार प्रकाशित ( साल अघि) १००५ पाठक संख्या


नवलपुर – पूर्वी नवलपरासीको हुप्सेकोट–४ शंखदेवका एक महिला दुई छोरीसहित बेपत्ता भएकी छिन् । २७ वर्षीया जमुना न्यौपाने ५ वर्षीया छोरी सुरक्षा र १५ महिनाकी छोरी समीक्षासहित एक सातादेखि बेपत्ता भएकी हुन्। एकसातासम्म आफन्तकहाँ खोज्दा पनि नभेटिएपछि प्रहरीमा उजुरी गरिएको जेठानी दिदी राधिका न्यौपानेले बताईन् । जमुनाकी पति वैदेशिक रोजगारीमा रहेको र पत्नी हराएको खबरपछि घर फर्किएका छन् ।प्रहरीले जमुनाको कोठा खानतलासी गर्दा पतिले कहिल्यै माया नगरेको, अरुको कुरा सुनेर गाली गरेकाले घर छाडेको पत्रमा भेटिएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७५, बुधबार

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस