२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरको होमस्टेले अग्यानिक तरकारीबाट राम्रो आम्दानी गर्दै

२०७८ श्रावण ६, बुधबार प्रकाशित ( साल अघि) ११७७ पाठक संख्या

चन्द्रा महतो

नवलपुर , साउन ६ । कोरोना कहरमा पाहुनको आगमन शुन्य अवस्थामा हुदा होटल तथा होमस्टे बन्द छ । बन्दा बन्दिको समयमा पर्यटकको आगमनले आर्थिक पाटोमा हुने राहतमा समेत असर परेको छ ।

कोरोना कहरले निम्त्याको निषेधाज्ञाको समयमा अग्यानिक तरकारी उत्पादन गरि पूर्वी नवलपरासीको कावासोती १० मा रहेको होमस्टेले मनज्ञ आम्दानी गर्दै छ । कावासोती १० मा रहेको चिलहा रतवल सामुदायीक ग्रामीण होमस्टेले तरकारी उत्पादन गरेर दैनिक १० देखि १२ हजारको आम्दानी गर्दै आएको छ ।

डव्लुडव्लुएफ र लामिचौर उपधोक्ता समितीको २ लाख ५० हजार आर्थिक सहयोगबाट होमस्टले होमस्टे सञ्चालककै जमिन लिजमा लिएर तरकारी खेति रहेको हो । जेठको सुरुवाती समयमा वेरना सारको तरकारी अहिले दैनीक जसो उत्पादन भैरहेको छ । कावासोती १० मा अवस्थित चिलहा रतवल होमस्टेका १३ सदस्यले सामुहिक रुपमा पहिलो पटक तरकारी खेति गरेको होमस्टेका अध्यक्ष भेष राज महतोले बताउनु भयो ।

होमस्टेले एक कठ्ठामा एउटा टनेल बनाएर वेमौसमी तरकारी उत्पादन गर्नुको सार्थै १३ कठ्ठा क्षेत्रफलमा करेला , वोडि , घिरम्ला , काक्रा लगाएतका तरकारी मलचिङ गरेर खेती गरकोे होमस्टेका अध्यक्ष महतोले बताउनु भयो । वर्षातको समयमा हरेक क्षेत्रमा तरकारीको अभाव हुने हुदा पनि यो समयमा तरकारीले राम्रो बजार भाउ पाउने गरेको कृषकहरु बताउछन ।

वजार व्यवस्थापनमा कुनै समस्या नरहेता पनि निरन्तरको पानीले केहि मात्रामा असर गरेको होमस्टेका व्यवस्थापक प्रेम बहादूर मुखिया बताउनु हुन्छ । “पानीले गर्दा तरकारी रोपेको स्थानमा केहि मात्रामा पानी जम्मा हुने हुदाा थोरै समस्या आएको हो ।” व्यवस्थापक मुखियाले भन्नु भयो । त्यस्तै , अहिले तरकारीको मुल्य तथा रेट निधारण नहुदा समस्या भएको छ ।

सरकारले स्थानिय स्तरमा तरकारीको मुल्य निधारण नर्गदा पनि समय समयमा समस्या हुने गरेको छ । यथार्थ कृषकले भन्दा पनि विचौलीयाले फाइदा लुट्ने गरेको होमस्टेका अध्यक्ष भेषराज महतोले बताउनु भयो । कोरोना भाईरसले गर्दा थिलो थिलो परेको होमस्टे तथा पर्यटन व्यवसाय अहिले अग्यानीक तरकारी उत्पादन गरेरैे केहि हद सम्म भएता पनि माथि उठ्ने प्रयत्नमा छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस