२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरको सर्दिबाट जुवातास खेलिरहेका ११ जना पक्राउ

२०७८ बैशाख १४, मंगलबार प्रकाशित ( साल अघि) २८०० पाठक संख्या

कावासोती,१४ बैशाख – नवलपुरको बिनयीत्रिवेणी गाउँपालिकाबाट जुवा तास खेलिरहेका ११ जना पक्राउ परेका छन्।

बिनयीत्रिवेणी गाउँपालिका-४ सर्दिबाट तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय बिष्णु बहादुर कामु लगायत ११ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५५ हजार ३ सय ३० रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

दुम्किवासबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७९%६%११%३%५%६%

प्रतिक्रिया दिनुहोस