२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरको मध्यविन्दुमा पिपिआर विरुद्धको भ्याक्सिन लगाइँदै

२०७७ चैत्र १०, मंगलबार प्रकाशित ( साल अघि) १११३ पाठक संख्या

चोरमारा,१० चैत्र । नवलपुरको मध्यविन्दु नगरपालीकामा बाख्रालाई  पिपिआर रोग विरुद्धको भ्याक्सिन लगाउने कार्यक्रम सुरु भएको छ ।

कार्यक्रम वडा नं ९ ,१० र १४ वडामा सम्पन्न भईसकेको र अन्य वडाहरुमा भ्याक्सिन लगाईदै गरेको नगरपालीका पशु प्रविधिक शाखा प्रमुख ज्ञानु भट्टराईले जानकारी दिनु भयो।

प्रविधिकहरु वडाको पायक पर्ने स्थानमा सेवा दिईरहेका छन् । भेट्नरी अस्पताल पशु सेवा विज्ञ केन्द्र बाट २० हजार डोज बराबरको भ्याक्सिन दिएको हो ।

भट्टराईका अनुसार बाख्राको पकेट् क्षेत्रहरुलाई बढि प्रथामिक्तामा राखेर नगरपालीकाबाट प्राविधिक खटाई भ्याक्सिन लगाईएको भट्टराईले बताउनु भयो।

पिपिआर भ्याक्सिन ३ महिनाको उमेर पुगेपछी पहिलो पल्ट लगाउने र वषै पिच्द्दे दोहो¥याई रहनुपर्ने बताईएको छ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस