२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरको मध्यबिन्दुमा युवाहरुले सञ्चालनमा ल्याए अम्रेला बृज पार्क

२०७७ चैत्र १५, आईतबार प्रकाशित ( साल अघि) १६९४ पाठक संख्या

मध्यबिन्दु , १५ चैत । नवलपुरको मध्यबिन्दु नगरपालिका – ४ घोम्पुरामा स्थित अम्रेला बृज पार्क होटेल एण्ड रेष्टुरेण्ट सञ्चालनमा आएको छ । केहि दिन देखि सर्वसाधरणका लागि टिकट खुल्ला गरेर पार्क संचालनमा आएको कार्यकारी निर्देशक सुरज भन्तनाले बताएका छन् ।

उक्त पार्कभित्र विभिन्न मनोरम दृश्य, बस्नका लागि कटेज, कार्यक्रम गर्नका लागि सानो हल, शौचालय तथा मनोरञ्जनात्मक दृष्यहरु निर्माण गरिएका छ्न।

बाँधको पुलसँगै हेर्न र दृष्य लिन मिल्नेगरी डिलमा रेलिङ पुलमा रंङ्गीचङ्गी सजाईएको आकर्षक छाता संगै झिलिमिली बत्ती, साना ठुला झुला , लिङ्गे पिङ्ग , टिकटक बनाउन लेखिएको स्थान, खोलामा ढुङ्गा सयर विभिन्न फोटो खिच्ने मिल्ने ठाउँहरु रहेका छ्न ।

बिसेसत अहिलेका युवा- युवतीहरूका लागि अम्रेला बृज पार्कका मुख्य आकर्षण केन्द्र बनेको छ ।
जेष्ठ नागरिकहरुका लागि विश्राम लागी प्रतिक्षालय पनि पार्कमा निर्माण गरिएको छ । युवायुवतीका लागि पार्कभित्र खान बस्न र पार्क भित्रका दृश्यहरू अवलोकनका लागि विभिन्न संरचनाहरू निर्माण भएका छन् ।

पार्कमा शान्त वातावरण , चारैतिर मनोरम दृश्य देखिने नजिकै उल्टी खोलामा ढुङ्गा सयर पनि सञ्चालनमा आएको छ । यसले सबैको मन जित्ने  सञ्चालकको भनाई छ ।

सञ्चालक भन्तनाले पार्कभित्र भेज र नन भेजका फरक–फरक खानाहरु सञ्चालन गरेका छन् ।
पार्कमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि सञ्चालकले पूर्वका घुम्न योग्य ,थारू भिलेज , अमलटारी , सौराहा , लगायतका पर्यटकीय स्थलहरूमा प्याकेजमा भ्रमण गराउने समेत बताए ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गको चोरमाराबाट करिब ५ किलो मिटर दक्षिणमा रहेको अम्रेला बृज पार्क औपचारिक रुपमा उद्घाटन नभए पनि यतिबेला सर्वसाधारणको घुइँचो लाग्ने गरेको छ।

पार्कमा आएर फोटो खिचेर सामाजिक सञ्जालमा राख्ने र भिडियो खिचेर टिकटक बनाउनेको संख्या यतिबेला ह्वात्तै बढेको छ । सञ्चालक भन्तनाका अनुसार कावासोती , गैंडाकोट , दुम्किवास , चोरमारा , डण्डा अरुणखोला लगायतका बजारबाट दैनिक करिब १०० देखी १५० को हारहारीमा पार्कको अवलोकन गर्न सर्वसाधारणहरू आउन थालेका छन् ।

जिल्लाकोे पहिलो परिचित अम्रेला बृजले तत्काल १० कठ्ठा जग्गा लिजमा लिएर , सुरज भन्तना , बिष्णु चौधरी, गोपि अर्याल , रेवत राम चौधरी , हरि नारायण महतो लगाएतका पाँच जना युवाहरु मिलेर सञ्चालनमा ल्याएको पार्कलाई पर्यटकको आकर्षण गर्न विवाह गर्ने, विभिन्न प्रकारका उत्सव मनाउने, पिकनिक खाने, तालिम, गोष्ठी, सेमिनार र विभिन्न सभा समारोह , गेस्ट हाउस ,साप्ताहिक लाईव म्युजिक, स्ट्रेज प्रोग्राम समेत सञ्चालनमा ल्याउने भन्तनाले बताए ।

जिल्लाकै प्रमुख गन्तव्यका रुपमा यस ठाउँलाई विकास गर्ने योजनामा आफुहरुले करिव १५ लाख लगानीमा हाल सञ्चालन भएको यस पार्कलाई अझै व्यवस्थीत बनाउन १ करोड रुपैयाँ लगानी गर्ने भावी योजना सहित ३ बिगा जग्गा लिजमा लिएको बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस