२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरको पहाडि सडक अवरुद्ध, दसैंको बेला यात्रुहरु बिचबाटोमा अलपत्र

२०७९ आश्विन १९, बुधबार प्रकाशित ( साल अघि) ४५९ पाठक संख्या

कावासोती । नवलपुर जिल्लाको दलदलेबाट पहाडि क्षेत्रमा अविरल आएको बर्षाको कारण पाहाडि मुख्य सडक अवरुद्ध भएको छ ।

जिल्लाको दलदले– कुमसोत– पोखरी खण्ड अन्र्तगत हुप्सेकोट गाउँपालिका –५, पाङ्गे्रमा खसेको पहिराको कारण जिप पुरिदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

नवलपुरको पहाडी क्षेत्रलाई जोड्ने मुख्य खण्ड पहिरो खस्दा राईकोटबाट दलदले आउदै गरेको गण्डकी प्रदेश ०४- ००१ ज ००६ नम्बरको जिप हुप्सेकोट र देवचुलिको सिमाना क्षेत्र पाङ्ग्रे सिमल गैरामा माथिबाट आएको पहिरोले जिप पुरिएको लेकबेसी यातायात समितिका अध्यक्ष युवराज बस्यालले जानकारी दिनुभयो ।

जिल्लाको बौदिकाली, बुलिङटार सहित हुप्सेकोटका केही भागको मुख्य नाका मानिने दलदले –कुमसोत– पोखरी खण्ड पहिराले रोकिँदा दशैंको बेला यात्रुहरु बिचबाटोमा नै अलपत्र परेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%

प्रतिक्रिया दिनुहोस