२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरको दुम्कौली कोभिड अस्पताललाई डा. कोइरालाको सहयोग

२०७८ जेष्ठ १७, सोमबार प्रकाशित ( साल अघि) २२१६ पाठक संख्या

देवचुली । नवलपुरका संघिय सांसद तथा नेपाली काँग्रेसका महामन्त्री प्रा.डा. शंशाक कोइरालाद्वारा दुम्कौली अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

डा. कोइरालाको अनुपस्थितीमा नेपाली काँग्रेसका महसमिति सदस्य भरत तिवारीले देवचुली नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख राम कुमार श्रेष्ठलाई सो स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो।

महसमिति सदस्य तिवारीले डा. कोइरालाले समस्या परेको हरेक समयमा आफ्नो निर्वाचन क्षेत्रका नागरिकलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको बताउनुभएको छ ।

सोमबार देवचुली नगरपालिकाको दुम्कौली कोभिड अस्पताललाई अक्सिजन सिलिण्डर ३ थान, अक्सिजन कन्सन्ट्रेटर २ थान, पिपिई ४२ थान, फेस सिल्ड ५० थान, चश्मा १२ थान, सेनिटाइजर ३० लिटर र मास्क ३ हजार पिस हस्तान्तरण गरिएको छ ।

स्वास्थ्य सामाग्री ग्रहण गर्दै देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम कुमार श्रेष्ठले अहिले विशेष गरि दुम्कौली अस्पतालमा अक्सिजनको अभाव रहेको र यो समयमा डा. कोइरालाले अक्सिजन कन्सन्ट्रेटर लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराएपछि संक्रमितको उपचारमा धेरै सहयोग मिल्ने बताउँदै डा. कोइरालालाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

डा. कोइरालाले दुम्कौली अस्पताल सहित मध्यविन्दु जिल्ला अस्पताल, गैडाकोटको पितौजीघाट नगर अस्पताल, नेपाल पत्रकार महासंघ नवलपुर, जिल्ला प्रशासन कार्यालय कावासोतीलाई पनि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ।

Received_479664129771805

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस