२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरको कावासोतीमा तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

२०७८ जेष्ठ १७, सोमबार प्रकाशित ( साल अघि) ४१७८ पाठक संख्या

कावासोती । नवलपुरको कावासोती नगरपालिका- १ बाट ५ जना जुवाडे पक्राउ परेका छन् ।

आईतबार दिउँसो ३:३० बजेको समयमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

कावासोती नगरपालिका-१ हात्तीखोर स्थित राजु श्रेष्ठको खाली कटेजमा तास खेलिरहेको अवस्थामा राजु समेत ५ जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कावासोती नगरपालिका वडा नं. १ का लक्ष्मण श्रेष्ठ, बलबहादुर गाहा, झबे अधिकारी र राजकुमार घिमिरे र चक्र बहादुर मोक्तान रहेको डिएसपी दिलिप कुमार गिरीले जानकारी दिनुभयो ।

टोली गस्ती गर्दै जाने क्रममा कटेजमा तास खेलिरहेको अवस्थामा प्रहरी पुगेर उनीहरुलाई नगद २५ हजार ९ सय ७० रुपैयाँ र तीनबुक तास सहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनिहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १ सय २५ बमोजिम कुुसुर अन्तर्गत अनुसन्धान अगाडि बढाईएको प्रहरीले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१३%५%६%

प्रतिक्रिया दिनुहोस