२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरका ५ हजार हेक्टर सामुदायिक वनमा डढेलो

२०७७ चैत्र १७, मंगलबार प्रकाशित ( साल अघि) १२३० पाठक संख्या

पुर्वी नवलपरासीमा विगत एक हप्ता देखि लागेको डढेलो करिब ५१ सय हेक्टर वन क्षेत्रमा फैलिएको छ । करिब ७० हजार हेक्टर वन क्षेत्र रह्र्को जिल्लाको ४५ स्थानमा अर्थात करिब ५१ सय हेक्टर क्षेत्रमा वन डढेलो लागेको डिभिजन वन कार्यालय पुर्वी नवलपरासीले जनाएको छ ।

डढेलो फैलिएको ४५ स्थान मध्ये १३ स्थान मध्यवर्ती क्षेत्रको वन रहेको डिभिजन वन कार्यालय पुर्वी नवलपरासीका प्रमुख मोहन काफ्लेले बताए । काफ्लेका अनुसार मध्यविन्दु नगरपालिकाको चोरमारा र डन्डाबीचको पश्चिमतर्फको भागमा बढी क्षति र प्रभाव देखिएको छ । मध्यविन्दुको करिब २ हजार हेक्टर, विनयी त्रिवेणीको सर्दीको माथिल्लो क्षेत्रमा करिब १४ सय हेक्टर वनक्षेत्रमा डढेलो लागेको छ ।

डढेलोको कारण भएको क्षतिको एकिन तथ्यांक संकलन भै नसकेको भए पनि वन क्षेत्रमा फैलिएको डढेलोको कारण वन्यजन्तु हताहती भएको हुन सक्ने काफ्ले बताए । डढेलोको कारण वनमा घाटगद्दी गरेर राखिएको काठहरु अहिलेसम्म सुरक्षीत रहेको र मानवीय क्षति नभएको काफ्लेले जनाए ।

यसरी जिल्लामा तिब्र रुपमा फैलिएको डढेलो नियन्त्रणमा लिन भने कठिन भएको काफ्लेले बताए । डिभिजन वन र मातहतका वन कार्यालय, सशस्त्र वन रक्षक, सशस्त्र प्रहरी , सामुदायिक वन समूह र उपभोक्ताको साझा प्रयासले डढेलो नियन्त्रणमा लिने प्रयास जारी रहेको काफ्ले बताउछ्न ।

हरेक वर्ष सामान्यतः फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर चिनिन्छ। प्रायः यो समयावधिमा वन डढेलोको प्रकोप देशैभर अत्याधिक बढ्ने गरेको छ। यसरी हरेक वर्ष लाग्ने डढेलोलेे वन प्राकृतिक र मानवीय धनजनको ठूलो क्षति गर्दै आएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस