२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरका लागि १५ हजार डोज “जोन्सन एण्ड जोन्सन” खोप आयो

२०७८ श्रावण ४, सोमबार प्रकाशित ( साल अघि) १४३७ पाठक संख्या

कावासोती । एक डोज मात्रै लगाए पुग्ने १५ हजार डोज जोन्सन एण्ड जोन्सन खोप नवलपुरमा आएको छ । एक डोज मात्रै लगाएपुग्ने सो खोप हिजो मात्रै नवलपुर आएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

५० देखि ५४ वर्ष उमेर समूह र अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति तथा लक्षीत वर्गका लागि दिईने सो खोप जिल्लाका स्थानीय तहहरुमा जनसंख्याको आधारमा वितरण गरिने स्वास्थ्य कार्यालयका प्रमुख केशव प्रसाद चापागाईले जानकारी दिनुभयो । जिल्लामा २० हजारको हाराहारीमा ५० देखि ५४ वर्ष उमेर समूूहका मानिसहरु भएको अनुमान गरिएको छ ।

प्रमुुख जिल्ला अधिकारीको संयोजकत्मा रहेको जिल्ला स्तरीय खोप समन्वय समितिको बैठक बसेर खोप कार्यक्रम सार्वजनिक गर्ने स्वास्थ्य कार्यालयको तयारी छ ।

अमेरिकाले जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाललाई उपहार स्वरुप दिएको थियो । यो खोप एक डोजमात्र लगाए पुग्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%४%१%२%

प्रतिक्रिया दिनुहोस