२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरका युवाको कृषिमा आकर्षण बढ्दो

२०७८ आश्विन ९, शनिबार प्रकाशित ( साल अघि) १६५१ पाठक संख्या

बिबेक भण्डारी, नवलपुर । कृषिमा राम्रो आम्दानि र भवष्य रहेको भन्दै नवलपुरका युवाहरु कृषिमा आकर्षित बनेका छन । बैदेशिक रोगजारबाट फर्केका होस वा नेपालमै राम्रो क्षेत्रमा रहेर काम गरेका युवाहरु पनि स्वरोजगार हुनुपर्छ भन्दै अहिले कृषिमा आकर्षित बनेका छन । अरुको काम गर्नुभन्दा आफैले केहि गर्नुपर्छ भन्ने उद्देश्य राखेर अहिले जिल्लाका अधिकाशं युवाहरु कृषिमा छन । नवलपुरको देवचुली नगरपालिका वडा नम्बर ४ का ज्ञानेन्द्र खनाल पनि अहिले कृषिमा सन्तुष्ट छन । केहि वर्ष खाडि मुलुक कतार बसेर फर्केका खनाल स्वदेश आएर सिविल इन्जीनियरीङ्ग समेत गरे । आफुले गरेको काममा राम्रै कमाइ भए पनि आफैले केहि गर्नुपर्छ भन्ने उद्देश्यले कृषिमा लागेका खनाल कृषिमै सम्भावन देखेर रमाएका छन ।

खनाल मात्र होइन जिल्ला कै गैडाकोट १७ का रविलाल खराल पनि बाख्रापालन गरि मनग्य आम्दानि गर्दे आएका छन । खरालले व्यवस्थीत बाख्रा खोर नै बनाएर बाख्रा पालन गर्दे आएका छन । पहिले अरुको जागिर गरेका खराल आफैले केहि गर्नुपर्छ भन्दै पिप्रहर एग्रो रिसर्च सेन्टर बाख्रा पालन फर्म नै संञ्चान गर्दे आएका छन । उनले यहि बाख्रा पादनबाट वार्षिक ५ लाख रुपैयाँ आम्दानि गर्दे आएको बताउछन ।
कृषि ज्ञानकेन्द्र नवलपुरका अनुसार पनि अहिले जिल्लामा कृषि पेशामा लाग्नेको संख्या बढ्दो रहेको जनाएको छ । ज्ञान केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेका अनुसार पहिलेको तुलनामा अहिले कृषिमा लाग्नेको संख्या बढ्दो रहेको बताउनुभयो । विशेष गरि विदेश गएर आएकाहरुले कृषि तथा पशुपालनमा बढि चासो दिने गरेको बताउनुभयो । उहाँका अनुसार संघिय र प्रदेश कार्यलयले पठाएकाका अनुदानहरु पनि उपलब्ध गराएका कारण कृषिमा लाग्नेको संख्या बृद्धि भएको बताउनुभयो ।

ज्ञानेन्द्र खानाल र रविलाल त एक उदाहरण पात्र मात्र हुन । आफैले केहि गर्ने र स्वरोजगार बन्न चाहने हो भने उनी जस्तै जोसजागर र मिहिनेतका साथ लाग्ने हो भने स्वदेश मै परिवार संगै रमाएर आर्थिक आर्जन गर्न सकिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%१%१%

प्रतिक्रिया दिनुहोस