२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरका मन्त्री रोशन गाहाले दिए प्रतिष्पर्धा विनै बुहारीलाई जागिर

२०७९ माघ १८, बुधबार प्रकाशित ( साल अघि) २०१४ पाठक संख्या

कावासोती । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रोशन बहादुर गाहाले बुहारीलाई यातायात व्यवस्था कार्यालय नवलपरासी पूर्व नवलपुरमा अस्थायी कम्प्युटर अपरेटर (पाँचौं तह) मा बिना प्रतिस्पर्धा नियुक्तिका लागि सम्बन्धित मन्त्रालयबाट पत्रचार गराएका छन् ।

नवलपुरबाट दोस्रो पटक प्रदेश सांसद जितेका रोशन गाहा मगरले मन्त्री पदको पदभार ग्रहण गरेको भोलिपल्ट माघ १२ गते गाहाकी बुहारी सजिना थापा भौतिक पुर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशको पत्र लिएर करारमा जागिर खान यातायात व्यवस्था कार्यालय नवलपुर पुगेकी हुन् ।

थापालाई अस्थायी कम्प्युटर पाँचौं तह मा नियुक्त गर्न मन्त्रालयले यातायात व्यवस्था कार्यालय नवलपरासी पूर्वलाई पत्र लेखेको छ ।

मन्त्रालयका अधिकृत दशौं टिकाराम पौडेलले हस्ताक्षर गरेको चलानी नं ७४० को माघ ६ गतेको पत्रमा स्वीकृत दरबन्दी तेरिज अनुसार कार्यालयमा रहेको अस्थायी कम्प्युटर अपरेटर पाचौं तहको रिक्त पदमा थापालाई नियमानुसार कार्यालयबाट नै सेवा करारमा व्यवस्थापन हुन आदेशानुसार अनुरोध गरिएको छ ।02 1025x1536

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%४%१०%१%६%२३%

प्रतिक्रिया दिनुहोस