२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरका बैंकहरु साताको ६ दिननै खुल्ने

२०७८ जेष्ठ ३०, आईतबार प्रकाशित ( साल अघि) २२११ पाठक संख्या

नवलपुर । नवलपुरमा  मंगलवार देखि सबै बैंकहरु साताको ६ दिननै खुल्ने भएको छ ।

जेठ ३१ गते सोमबार राति १२ बजेसकिने निषेधाज्ञा भने थप गरिने भएको हो ।

नवलपुरको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीका अनुसार कोरोनाका कहर नवलपुरमा अझै जारी रहेकोले निषेधाज्ञा भने थप गरिने बताउनुभयो ।

बैंक तथा वित्तिय संस्थाहरु हप्ताको दुई दिन मात्र खुल्दा बैंकमा सेवाग्राहीको चाप बढेको सेवाग्राहीले समेत गुनासो आएका कारण बैंक हप्तामा ६ दिननै खुल्ने पंगेनीले जानकारी दिनुभयो ।

दैनिक २ बजेसम्म नियमित सञ्चालन गर्ने गरी निर्देशन गर्ने तयारी भएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%३%१%३%३%

प्रतिक्रिया दिनुहोस