२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरका निर्माण व्यवसायी श्रेष्ठको कोरोना संक्रमणले निधन

२०७८ जेष्ठ ५, बुधबार प्रकाशित ( साल अघि) १३३८ पाठक संख्या

कावासोती । कोरोना संक्रमणले नवलपुरमा निर्माण व्यवसायी महेन्द्र श्रेष्ठको निधन भएको छ ।

उनी ब्याडमिन्टन संघ नवलपुरका अध्यक्ष पनि हुन् । कोरोना संक्रमणका कारण चितवनको भरतपुरमा उपचाररत उनको साँझ मृत्यु भएको हो ।

ब्याडमिन्टन संघका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठको चितवन मेडिकल कलेजको भेन्टिलेटरमा उपचारको क्रममा ज्यान गएको महेन्द्रका दाजु जिवन श्रेष्ठलाई उद्धत गर्दै ब्याडमिन्टन संघ नवलपुरका सचिव नारायण शर्माले बताए ।

मृतक श्रेष्ठ नवलपुर श्रेत्रका सफल निर्माण व्यवसायीको रुपमा परिचित थिए । उनी पुर्ब सांसद जीवन श्रेष्ठका सहोदर भाई हुन् ।

महेन्द्रले  नवलपुरमा रहेर समाज सेवा गर्दै सुधारका लागि प्रसस्तै काम गरेका थिए ।

उनको निधनले नवलपुरले एक ईमान्दार व्यवसायी गुमाएको छ । उनको निधनमा समग्र नवलपुर शोकाकुल छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
९%

प्रतिक्रिया दिनुहोस