२०८१ बैशाख ४, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरका कोरोना संक्रमितको चितवन मेडिकल कलेजमा मृत्यु

२०७८ जेष्ठ १३, बिहिबार प्रकाशित ( साल अघि) २४०५ पाठक संख्या

कावासोती । नवलपुरको गैँडाकोटका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत गैँडाकोट नगरपालिका वडा नं. ४ का ५८ वर्षका पुरुषको मृत्यु भएको हो ।

उनको मंगलवार राती जेष्ठ ११ गते उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो ।

गत वैशाख ३१ गते कोरोना परिक्षणको लागि स्वाब परीक्षण गर्दा पोजेटिभ पाएको थियो ।

नयाँ संक्रमणको लहर आए पछि संक्रमित भएका मध्ये १ हजार ४ सय ५१ जना निको भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१०%१%

प्रतिक्रिया दिनुहोस