२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरका किसानहरु व्यावसायिक रेशम खेतीतर्फ आकर्षित

२०७८ मंसिर १५, बुधबार प्रकाशित ( साल अघि) ६८९ पाठक संख्या

कावासोती । नवलपुरका किसानहरु व्यावसायिक रेशम खेतीतर्फ आकर्षित भएका छन् । थोरै लगानी र सानो क्षेत्रमा व्यवसाय सञ्चालन गर्न सकिने भएपछि किसानहरु रेशम खेतीतर्फ आकर्षित भएका हुन् ।

धान,गहूँ केरा लगायतका खेतीबाट सोँचे जति मुनाफा आर्जन गर्न नसकेपछि जिल्लाको मध्यविन्दु नगरपालिका मदनपुरका किसानहरुले रेशम खेती गर्न थालेका हुन् । गतवर्षको पौष महिनाबाट सुरुवात भएको यो खेतीमा सिर्जनशिल रेशम खेती समूहका ७ जना किसानहरु सक्रियताका साथ लागेका छन् ।

समूहमा आवद्ध किसानहरुले जिल्लामै पहिलो पटक ५० लाख रुपैयाँको लगानीमा व्यवसायीक रुपमा रेशम खेती थालेका हुन् । हाल २० विगाहा क्षेत्रफलमा एक लाख २५ हजार रेशमकीराको आहारा किम्बुका विरुवा लगाइएका छन्, भने ६ वटा क्लष्टर भवनमा साढे पाँचलाख रेशम किराहरु राखिएको छ । रेशम खेतीबाट धागो उत्पादन भने मंसिर पुसदेखि थालनी हुने उनीहरु बताउँछन् । आफूहरु स्वरोजगार बन्ने र स्थानीय युवालाई रोजगारीका साथै स्थानीय स्तरमै परिचालन गर्ने उनीहरुको लक्ष्य छ ।

रेशम खेती सँगै पशु पालन व्यवसाय गर्ने योजना समेत भएको उनिहरुले बताएका छन् । उनीहरुका अनुसार रेशम खेती गर्दा किम्बुको घाँस पनि प्रयोगमा आउने गरी बाख्रापालन गर्ने तयारी गरिएको छ । जिल्लामा रेशम प्रशोधन केन्द्र नभएकाले यहाँ उत्पादन नभएको रेशमलाई धादिङ पठाइने रेशम खेतीका प्राविधिक गंगा नारायण मण्डलले जानकारी दिनुभयो ।

नवलपुरका किसानहरुले नेपालमा यसको खेती सम्भव भएको बताउँदै राज्यले यसमा लागेका किसानलाई आवश्यक प्राविधिक सहयोग गरि यसको विस्तार देशभरि गरिदिन आग्रह गरेका छन । रेशमको धागो तथा धागो बाट बनेको सामान महङ्गोमा विक्रि हुने भएकोले पनि किसानहरु आक्रर्षित भएका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%१%

प्रतिक्रिया दिनुहोस