२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरका किसानलाई धानको बिउ राख्न चटारो

२०७८ जेष्ठ १४, शुक्रबार प्रकाशित ( साल अघि) २३६४ पाठक संख्या

कावासोती । नवलपुरका किसानहरूलाई धानको बिउ राख्ने चटारो सुरु भएको छ ।

जिल्लामा बर्षा मौसम सुरु भएको भन्दै किसानहरुले बीउको ब्याड राख्न थालेका छन । तीन दिनदेखि परेको पानीको मौका छोपी किसानहरु धानको ब्याड राख्ने काममा व्यस्त भएका हुन् ।Screenshot_20210528 170638_Messenger

कतिपय कृषकले आकाशे पानी र कुलो नलाग्ने ठाउँमा स्थानीयले आफ्नै बोरिङबाट पानी लगाएर धानको बिउ राख्ने कामसुरु गरेका छन् । कहिले पानी पर्ला र धानको बिउ राख्ने भन्दै पर्खाइमा बसेका कृषकहरूले वर्षा भए संगै धमाधम धानको बिउ राख्ने काम सुरु गरेका छन्।

नवलपुरका विभिन्न स्थानहरूमा धान खेती हुने गरेपनी धान उब्जनी हुने उर्वर क्षेत्र बुलिटार गाउपालिकाको वडा न ३, कावासोती नगरपालीका १७ र गौडाकोट नगरपालीका ११ र १२ रहेको कृर्षि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल शर्मा लामिछानेले बताउनुभयो।

जिल्लामा बर्षेनी २० हजार ७ सय ३० हेक्टर जमिनमा धान रोपाई हुने गरेको र गको वर्ष ६५ हजार २ सय ९९ मेट्रिकटन धान उत्पादन भएको लामिछानेको भनाई छ ।

त्यस्तै हालसालै भित्र्याएको धान तुलानात्मक रुपमा हेरर्दा गत वर्ष भन्दा यसवर्ष चौतेधान राम्रो भएको बाली संरक्षण अधिकृत मिरा चौधरीले बताउनु भयो । चैतेधानलाई मौसमले साथ दिए राम्ररी किसानहरुले बाली भित्राउन पाए यस वर्ष उत्पादनमा बृद्धि हुने सम्भावना प्रवल रहेको चौधरीले बताउनुभयो।

अघिल्ला बर्षहरुको तुलनामा गत बर्ष पनि धान उत्पादनमा बृद्धि नभएको र जिल्लामा यसबर्ष मनसुन बेलैमा सुरु भएकाले समयमै पर्याप्त मल बीउ उपलब्ध हुने र मौसमले साथ दिनेहो भने धान उत्पादनमा बृद्धि हुने विज्ञहरूको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस