२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरका एमाले नेता श्रेष्ठले लिए राजनीतिबाट सन्‍न्यास

२०७८ पौष २८, बुधबार प्रकाशित ( साल अघि) ७६७ पाठक संख्या

नवलपरासी पूर्व — नेकपा एमालेका नेता एवं संविधानसभा सदस्य जीवन श्रेष्ठले सक्रिय राजनीतिबाट सन्न्यास लिएको घोषणा गरेका छन\ । एमाले पूर्वी नवलपरासीको ८‍औं जिल्ला अधिवेशनमा अध्यक्षका प्रत्यासी रहेका श्रेष्ठले सर्वसम्मत रूपमा आफूलाई अध्यक्ष नबनाइएपछि असन्तुष्टि जनाउँदै एमाले छोडेको घोषणा गरेका हुन ।

उनले फेसबुकमा स्टाटस लेखेर सक्रिय राजनीतिबाट सन्न्यास लिएको घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘पार्टीलाई गाह्रो, अप्ठ्यारो र विभाजनका बखत पार्टी एकता र सुढृद गर्दै ‘समृद्ध नेपाल सुखी नेपाली’ को आकांक्षा पूरा गर्ने अभियानमा अविछिन्न लागिरहेको र हाल केही असहज परिस्थितिको कारण आजका मितिदेखि सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गर्दछु ।’

सोमबार सम्पन्न नेकपा एमालेको आठौं जिल्ला अधिवेशनमा अध्यक्षमा दाबेदारी व्यक्त गरेका श्रेष्ठ र अर्का उम्मेदवार निवर्तमान जिल्ला अध्यक्ष रोशनबहादुर गाहा मगरबीच सहमति नहुँदा अध्यक्ष मण्डलको प्रस्तावमा मुक्तिराम पाण्डेलाई बन्दसत्रले सर्वसम्मत अध्यक्षमा चयन गरेको थियो ।

‘जिल्ला अधिवेशनमा मतदान हुनै दिइएन र प्रतिस्पर्धामै नरहेका मुक्तिराम पाण्डलाई अध्यक्ष बनाइयो त्यसैवाट जीवन कमरेड निराश हुनुभयो र राजनीति छोडनुभयो,’ एक जिल्ला नेताले भने, ‘निर्वाचन हुन दिइन्थ्यो भने उहाँले जित्नुहुन्थ्यो ।’जीवन श्रेष्ठ जिल्लामा लोकप्रिय र शालीन नेता भनेर चिनिन्छन् । उनी दोस्रो संविधान सभा निर्वाचनमा निर्वाचित भएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%१%

प्रतिक्रिया दिनुहोस