२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपरासी पश्चिममा सयौं संख्यामा गिद्ध मृत फेला, स्थानिय त्रसित

२०७८ बैशाख ८, बुधबार प्रकाशित ( साल अघि) २६६८ पाठक संख्या

परासी । गिद्ध शिकारी चरा समूह अर्न्तगत पर्ने ठूला मांसहारी पंंक्षी हो । यिनले आफै शिकार नगरी मरेका जनावरको मासु अर्थात सिनो मात्र खाँने गर्दछन् ।

मरेका जनावरको सिनो र फालेको मासुजन्य फोहर पदार्थलाई खाई हाम्रो वरपरको वातावरणलाई प्रदुषित, दुर्गन्धित र रोगमुक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने गिद्धलाई ‘प्रकृतिको कुचिकार’ भनिन्छ । गिद्धहरूमा विभिन्न हानीकारक किटाणुहरू भएको सडेगलेको मासु खान्छन् र त्यसलाई पचाउँने क्षमतावान हुन्छन ।

गिद्धको अभाव भएमा सिनो प्रकृतिमा यसै सड्छ, जसमा भुस्याहा कुकुर, स्याल, मुसा र भिंगाको संख्यामा बृद्धि हुन्छ । फलस्वरुप मानिसमा रेविज, प्लेग हैजा, आउँ, झाडापखाला आदि घातक सरुवा रोगहरू फैलिन सक्छन् भने पशुचौपायाहरुमा एन्थ्रेक्स्, ब्रुसेलोसिस् र क्षयरोग (टीबी) जस्ता रोगहरुको संक्रमणले महामारीको रुप लिन सक्ने पृथ्वीचन्द्र अस्पताल परासीका प्रमुख डाक्टर नुरहोदाले बताए । गिद्धको पर्यावरणीयसँगै धार्मिक र सांस्कृतिक महत्व पनि छ ।

हिन्दू धर्ममा गिद्धलाई शनि देवताको बहानको रुपमा पुजिन्छ । प्रसिद्ध धर्मग्रन्थ रामायणमा रावण राक्षसले सीतालाई हरण गरी लङ्का लैजाँदा सीतालाई जोगाउन गिद्ध अन्तिम श्वास रहुन्जेल लडेको उल्लेख गरिएको छ।
ठुलो संख्यामा गिद्ध मृत फेला परेपछि वरिपरिका स्थानिय त्रसित भएका छन् ।

गिद्धलाई यतिबेला सरकारले संरक्षणको सुचिमा राखेको अवस्था रहेको वर्तमान समयमा नवलपरासी पश्चिमको रामग्राम नगरपालिका ४ जितपुरको पाल्हि बहुमुखी क्याम्पसको पछाडि खाली चौरमा सय भन्दा बढिको संख्यामा गिद्ध मृत फेला पर्नु चिन्ताको विषय भएको सरोकारवालाहरुले बताएका छन् ।

घटना प्रकृति हेर्दा सिनोमा विषादी मिसाएर फालेको अवस्थामा गिद्धले उक्त सिनो खाँदा अकालमा ज्यान गुमाउन पुगेका हुन सक्ने स्थानीय संचारकर्मी सुरेश यादवले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%३%२१%२%

प्रतिक्रिया दिनुहोस