२०८१ बैशाख ४, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा हाईफ्लो अक्सिजन सहितको आइसोलेसन सञ्चालन गर्ने

२०७८ बैशाख १६, बिहिबार प्रकाशित ( साल अघि) ११३४ पाठक संख्या

नवलपरासी, बैशाख १६ । पश्चिम नवलपरासीको पृथ्वीचन्द्र जिल्ला अस्पतालमा हाईफ्लो अक्सिजन सहितको आइसोलेसन कक्ष सञ्चालन गर्ने निर्णय अझै कार्यान्वय हुन सकेको छैन ।

गत वर्ष महामारी शुरु भएपछि जिल्लास्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले अस्पतालमा १० बेडको एचडियुसहितको आइसोलेसन कक्ष निर्माण गर्ने निर्णय गरेको थियो ।

सोही समयमा आइसोलेसन कक्ष सञ्चालनका लागि प्रदेश सरकारलाई अनुरोध गरेपनि अहिलेसम्म सेवा सञ्चालन हुन नसकेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मोहम्मद नुरुल होदाले जानकरी दिनुभयो ।

एचडियु सेवा अस्पतालको पुरानो भवनमा सञ्चालन गर्ने गरी २ दिनअघि बसेको डीसीसीएमसीको बैठकले पुन ःनिर्णय गरेको छ ।

कोरोनाको नयाँ भेरियन्ट तिव्र रुपमा फैलिए यता जिल्लामा १५ दिनमा ७ जनाको मृत्यु भएको छ ।

जिल्लामा आइसोलेसन केन्द्रहरु नहुँदा संक्रमितहरु घरमै बस्न बाध्य छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस