२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा स्वास्थ्य सामग्री सहयोग

२०७७ भाद्र १४, आईतबार प्रकाशित ( साल अघि) ९०८ पाठक संख्या

नवलपरासी, भदौं १४ –कपिलवस्तु र नवलपरासीका विभिन्न स्थानमा शनिबार विभिन्न संस्थाको सहयोगमा स्वास्थ्य सामग्रीहरु वितरण गरिएको छ ।

नारायणगढ रोटरी क्लब, वाइन टु वाटर नेपाल, नारायणगढ रोट्र्‍याक्ट क्लब र नेपाल इन्जिनियर एशोसियसन, प्रदेश नं. ५ को संयुक्त आयोजनामा सो सामग्रीहरु वितरण गरिएको हो । कपिलवस्तुका विभिन्न स्थानहरूमा स्थापना गरिएका ९५ वटा क्वारेन्टिनहरूमा कोरोना प्रभावितहरूका लागि अत्यावश्यक सामग्रीहरू प्रदेश ५ का सांसद विष्णु पन्थीले, रोटरी क्लबका अध्यक्ष रोटरियन अनुकुल श्रेष्ठ ‘प्रणव’ र नेपाल इञ्जिनियर एशोसियसन प्रदेश नं. ५ का अध्यक्ष कुसुमराज ज्ञवालीद्वारा संयुक्त रूपमा ९५ थान हात धुने पानी स्टेशन वितरण गरिएको छ ।

त्यस्तै ९५ थान शयर फिल्टर गरी करिब ६ लाख ८५ हजारको सहयोग हस्तान्तरण गरिएकोे ती संस्थाहरुले जनाएका छन् । कार्यक्रममा नारायणगढ रोटरी क्लबका सर्भिस प्रोजेक्ट चेयर इञ्जिनियर गुणेश्वर महतो र हेल्थ चेयर भोलानाथ लामिछानेको सहभागिता रहेको थियो ।

त्यसैगरी शनिबार अर्को रत्ननगर रोटरी क्लब, नारायणगढ रोटरी क्लब, नारायणगढ रोट्र्‍याक्ट क्लब र वाइन टु वाटर नेपालले संयुक्त रूपमा रजहर प्राकृतिक चिकित्सालय रजहरका व्यवस्थापक हरि सापकोटा एवम् डा. विनोद पौडेललाई एक थान हात धुने स्टेशन, थर्ममिटर १० थान, अक्सिमिटर ५ थान, मास्क ५०० थान, डिजिटल ब्लड प्रेसर नाप्ने यन्त्र ३ थान, सेनिटाइजर ५ लिटर, साउण्ड सिस्टम १ थान र त्यहाँ रहेको लाइब्रेरीको लागि ४० थान पुस्तकहरू हस्तान्तरण गरेको छ । रत्ननगर रोटरी क्लबका अध्यक्ष शिवराज उप्रेती, नारायणगढ रोटरी क्लबका अध्यक्ष अनुकूल श्रेष्ठ ‘प्रणव’ तथा नारायणगढ रोट¥याक्ट क्लबका अध्यक्ष सुषमा गुरुङले संयुक्तरूपमा करिब ४२ हजार रुपैयाँ बराबरको सहयोग सामग्रीहरू उपलब्ध गराएको क्लबले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस