२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा सेनाले गर्‍यो ४४ शव व्यवस्थापन

२०७८ जेष्ठ ८, शनिबार प्रकाशित ( साल अघि) १०३३ पाठक संख्या

परासी, ७ जेठ । कोरोना संक्रमणले मृत्यु भएका शवमध्ये ४४ वटा शवलाई पश्चिम नवलपरासीस्थित कालीध्वज गण परासीले व्यवस्थापन गरेको छ । व्यवस्थापन गरिएका शवमा सबैभन्दा बढी होम आइसोलेसनमा मृत्यु भएकाहरु रहेको गणका प्रमुख सेनानी समिर कुमार गुरुङले जानकारी दिए ।

होम आइसोलेसनका २६ र पृथ्वीचन्द्र जिल्ला अस्पतालमा मृत्यु भएका १८ जनाको शव व्यवस्थापन गरिएको गुरुङले जानकारी दिए । जिल्लामा पहिलो लहरमा ३३ र दोस्रो लहरमा ७७ गरी कुल १ सय १० जनाको मृत्यु भएको छ ।

जसमा सेनाले दोस्रो लहरमा मात्र ३६ जनाको शव व्यवस्थापन गरेको हो । जिल्ला अस्पताल र होम आइसोलेसनबाहेक अन्यको उपचारका क्रममा अन्य जिल्लामा मृत्यु भएको हो । उनीहरुको सोही जिल्लाहरुमा शव व्यवस्थापन हुँदै आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
शव व्यवस्थापनका लागि गणले दैनिक ४ वटा टिम तयारी अवस्थामा राखेको छ ।

‘गणमा रहेका सबैलाई शव व्यवस्थापनबारे प्रशिक्षण दिइएको छ । आवश्यक परेको अवस्थामा जति जनालाई पनि परिचालन गर्न सकिन्छ ।’ प्रमुख सेनानी गुरुङले भने । मृतकका परिवारको चाहानाअनुसार अन्तिम संस्कार गर्न चाहनेलाई स्वास्थ्य मापदण्डसहित उक्त कर्म समेत गर्न दिइने गरिएको छ ।

निर्देशिकाअनुसार शवलाई ¥यापिङ गर्ने जिम्मेवारी स्वास्थ्यकर्मीको हो । ‘ विपद्को समयमा जिम्मेवारीलाई कुर्नुभन्दा पनि तत्काल समस्या समाधान तर्फ लाग्नु पर्ने भएकाले हामी आफैंले पनि ¥यापिङ गरेर व्यवस्थापन गर्दै आएका छौं ।’ उनले भने ।

शव व्यवस्थापन र अन्य अवस्थामा आवश्यक पर्ने पीपीई स्वास्थ्य कार्यालयले उपलब्ध गराउँदै आएको गणले जनाएको छ । शव व्यवस्थापनका लागि खटिने सुरक्षाकर्मीहरुले भने अहिलेसम्म जोखिम भत्ता रकम पाएका छैनन् । ‘संकटका बेला भत्ता र रकमको कुरा भएन, रकम आयो भने पाईहाल्छन् ।’ प्रमुख सेनानी गुरुङले भने ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस