२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा शित भण्डारका लागी मन्त्रालयबाट ७ करोड ५९ लाख निकासा

२०७८ जेष्ठ ११, मंगलबार प्रकाशित ( साल अघि) २७४१ पाठक संख्या

मेघराज गौतम
जेठ १०,परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर २ मा निर्माण हुँदै गरेको सहकारी शित भण्डारका लागि अर्थ मन्त्रालयबाट ७ करोड ५९ लाख रुपैया निकासा भएको छ । संघिय सरकारबाट ६० प्रतिशत अनुदान दिने भनिए बमोजिम सो रकम निकासा भएको हो ।

प्रदेश र स्थानीय तहबाट २० प्रतिशत र जिल्लाका विभिन्न प्रारम्भिक सहकारी संस्थाबाट २० प्रतिशत लगानी जुटाई सम्पन्न गर्ने लक्ष्य लिए बमोजिम अर्थमन्त्रालयबाट रकम प्राप्त भएको सुनवल नगरपालिका लेखा अधिकृत बृहस्पती घिमिरेले रेडियो परासीलाई जानकारी दिनुभयो ।

ठेक्का रकमको कुल ६० प्रतिशत लगानी मध्ये यस अघि २ किस्तामा गरी ५ करोड रकम अर्थ मन्त्रालयबाट प्राप्त भई सकेको छ ।

२० प्रतिशत लगानीका हिसावले जिल्लाका ६० वढी सहकारीहरुले ३ करोड ३१ लाख बरावरको शेयर रकम जम्मा गरेका छन ।

हालसम्म ७ करोड २५ लाख ९१ हजार ७९१ बरावर खर्च भइसकेको जिल्ला सहकारी संघका कोषाध्यक्ष हैदर अलि मोमिनले जानकारी दिनुभयो ।

३ हजार मेट्रीकटन भण्डारण क्षमता भएको शित भण्डारका लागि जिल्लाका विभिन्न स्थानीय तहले पनि सहयोग गर्दै आएका छन् ।

अनुमानित २१ करोडको लागतमा सम्पन्न हुने सहकारी शित भण्डार आउँदो मंसिर मसान्त भित्र सम्पन्न हुने संघका अध्यक्ष विष्णु प्रसाद पौडेलले बताउनुभयो । जिल्ला सहकारी संघको अगुवाईमा शित भण्डार चार वर्ष अघिदेखि निर्माण सुरु भएको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस