२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु

२०७७ चैत्र १५, आईतबार प्रकाशित ( साल अघि) १५६८ पाठक संख्या

परासी । नवलपरासी पश्चिम सरावल गाउँपालिका-१ भगडा चोक नजिकै सडकमा ग.१५ प ३४९८ नम्बरको मोटरसाइकलले २ वटा साईकललाई शनिबार साँझ ठक्कर दिँदा साईकलयात्री बर्दघाट नगरपालिका-८ कुमाल टोल बस्ने ५० बर्षीय हिरालाल कुमालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो।

साथै दुर्घटनामा घाइते भएका १ जना साइकलयात्री र मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस