२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा बस दुर्घटना चालकसहित ७ जना घाईते

२०७९ जेष्ठ ३०, सोमबार प्रकाशित ( साल अघि) ६९३ पाठक संख्या

कावासोती । नवलपरासीमा बस दुर्घटना हुदा ७ जना घाइते भएका छन । नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्वर ९ बेलाटारीको पश्चिम गण्डक नहर सडकबाट अनियन्त्रित भएर बस पल्टिएको हो ।

त्रिबेणीबाट बर्दघाट तर्फ आउदै गरेकाे लु १ ख ३०८५ नम्बर काे मिनिबस सडकबाट ३०फिट तल खसेकाे छ ।

दुर्घटनामा परि चालक बर्दघाट नगरपालिका बस्ने ५२ बर्षिय देव बहादुर राय लगायत ७ जना यात्रु समेत घाईते भएकाे ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक नवराज केसीले जानकारी दिए।

घाईतेहरुकाे सहिद स्मृति सामुदायिक अस्पताल चाैपतामा उपचार भईरहेकाे बताईएकाे छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस