२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा प्रतिनिधीसभा बिघटन गरेकाे भन्दै नेविसंघद्वारा पुत्ला दहन

२०७८ जेष्ठ १०, सोमबार प्रकाशित ( साल अघि) १६५८ पाठक संख्या

जेठ १० परासी । पश्चिम नवलपरासीमा प्रधानमन्त्री केपी शर्मा वलीले शुक्रबार प्रतिनिधी सभाको बिघटन गरेकाे भन्दै नेपाल बिद्यार्थी संघ पश्चिम नवलपरासीले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ ।

नेपाली काङ्ग्रेसको भातृसँगठन नेबिसंघ नवलपरासीले नारा जुलुस गर्दै सदरमुकाम परासी सहित जिल्लाका ७ वटै स्थानीय तहमा पुत्ला दहन गरेको हो ।

संबिधानको विपरीत प्रधानमन्त्री ओलीले प्रतिनिधी सभाको बिघटन गरि अस्थिरता तिर धकेलेको भन्दै त्यसको बिरोधमा पुत्ला दहन गरेको नेबिसंघ पश्चिम नवलपरासीका सभापति राजन भण्डारीले जानकारी दिनुभयो ।

जिल्लाका ७ वटै स्थानीय तहमा बिरोध कार्यक्रम गरेको सभापति भण्डारीले जानकारी दिए अनुसार रामग्राम/सुनवल नगरपालिकामा अर्जुन पौडेल,बिकास घिमिरे ,इमामुल अलि ,सरावल गापा मा रियाज अली,सुस्ता -राज कुमार कुशवहा, प्रतापुरमा अनोज यादव,अजाज अन्सारि त्यसैगरी बर्दघाट नगरपालिकामा केदार चौधरी,कमल बश्यालको नेतृत्वमा पुत्लादहन कार्यक्रम भएको थियो।

सभापति भण्डारीले भने देश कोरोना संक्रमणमण फैलिएको र बेला देश र जनता प्रति सरकार उत्तरदायी नभएको,असबैधानिक कार्य गरि सम्सद बिघठन जस्तो गम्भीर दुशकार्य गरेको साथै रास्ट्रपति बाट समेत सोको समर्थन भएकाले पुत्ला दहन गरेको बताए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस