२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा नदीजन्य पदार्थको चोरी निकासी बढ्यो

२०७७ भाद्र १६, मंगलबार प्रकाशित ( साल अघि) ९१० पाठक संख्या

नवीन पौडेल

परासी, १६ भदौ— निषेधाज्ञाको मौका छोपेर जिल्लामा नदीजन्य पदार्थको चोरी निकासी बढेको छ ।

ट्याक्टरलाई कृषि प्रयोजनका लागि भनेर भित्री सडकमा हिँडडुलका लागि प्रशासनले खासै कडाइ नर्गदा जिल्लाका विभिन्‍न खोला नालाबाट अवैधरुपमा ढुंगा, गिट्टी, बालुवा ओसारिरहेका छन् ।

जिल्लाको रामग्राम नगरपालिकाको झरही, सुनवलको तुरिया, सोमनाथ , बर्दघाटको खजुरा र बालुवा खानी रहेका सार्वजनिक जग्गाबाट रातभर नदीजन्य पदार्थको चोरी निकासी भइरहेको स्थानीयको आरोप छ ।

चोरी निकासी बढेपछि एकातर्फ स्थानीय तहलाई राजस्व घाटा लागेको छ भने अव्यवस्थित उत्खननले खोलाको धार नै परिवर्तन हुने डर त्रास रहेको सुनवल ११ का सन्तोष रानाले बताए ।‘रातभर खोलामा ट्याक्टरको आतंक मच्चिएको छ । मध्यरातमा दिनहुँ खोलानाला उत्खनन भइरहेको छ ।’ उनले भने, ‘अवैध उत्खननले राजश्व घाटा लागेको छ भने अर्कोतर्फ खोलाको धार नै परिवर्तन भएर खोला बस्तीमा पस्यो भने ठूला विपत्ति आउन सक्ने त्रास छ ।’

नदीजन्य पदार्थको ठेक्का लगाउने तथा अनुगमन गर्ने जिम्मा स्थानीय तहको हो । तर, जनप्रतिनिधिले अवैध उत्खनन र चोरी निकासीमा ध्यान दिँदैनन् । मौसमी अनुगमनमा प्रहरीको सहयोगमा निगरानी बढाएपनि प्रयाप्त नहुँदा अवैध उत्खनन रोकिएको छैन । खुलेयाम तस्करी बढेको स्थानीयले गुनासो गरेपछि शुक्रबार प्रहरीले रामग्राम र पाल्हिन्दन गाउँपालिकाबाट ७ वटा ट्याक्टर नियन्त्रणमा लिएर स्थानीय तहको जिम्मा लगाएका छन् ।

रामग्राम नगरपालिकाको झरही खोलामा वालुवा लोड गर्दै गर्दा दुईवटा र पाल्हिन्दन बाट ५ वटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रवक्ता डीएसपी राजु लामाले बताए । नियन्त्रण्मा लिइएका ट्याक्टर प्रहरीले कारबाहीका लागि सम्बन्धित स्थानीय तहलाई नै बुझाएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस