२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा दुईदिनमा १५ सय २७ जनाले लगाए भेरोसेल खोप

२०७८ जेष्ठ २७, बिहिबार प्रकाशित ( साल अघि) ११९८ पाठक संख्या

विकास चापागाई 

परासी, जेठ २६ । पश्चिम नवलपरासीमा बुधबार ७ सय ८७ जनालाई कोरोना विरुद्धको भेरोसेल खोप लगाइएको छ । चीन सरकारले उपलब्ध गराएको भेरोसेल खोप बुधबार ६२ देखि ६४ वर्ष उमेर समूहकालाई लगाइएको स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण प्रसाद पोखरेलले रेडियो परासीलाई जानकारी दिनुभयो ।

बुधबार बर्दघाट नगरपालिकामा दुई सय ४९, सुनवल नगरपालिकामा १८, रामग्राम नगरपालिकामा ५५, सुस्ता गाउँपालिकामा ९१, पाल्हीनन्दन गाउँपालिकामा ५१, प्रतापपुर र सरावल गाउँपालिकामा ८०/८० जना वृद्धवृद्धालाई कोरोना विरुद्धको खोप लगाइएको छ ।

पश्चिम नवलपरासीमा यो पटक ५ हजार ७ सय ४५ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ । त्यस मध्ये मगंलबार र बुधबार एक हजार ५ सय २७ जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालयका प्रमुख पोखरेलले बताउनुभयो । यो कुल लक्ष्यको २६.५७ प्रतिशत हो । खोप लगाउनका लागि अपेक्षाकृत रुपमा नागरिकको सहभागितामा केही कमी देखिएको उहाँको भनाई छ ।

जिल्लाका सात वटा पालिकामा एकै साथ खोप कार्यक्रम सुरु भएको थियो । प्रत्येक स्थानिय तहमा दुई/दुई वटा खोप केन्द्र तोकिएको छ । तीन वटा नगरपालिकामा विहिबार र शुक्रबार तथा चार वटा गाउँपालिकामा विहिबार मात्र खोप लगाईने स्वास्थ्य कार्यालयका प्रमुख पोखरेलले जानकारी दिनुभयो । पहिले ६० देखि ६५ वर्ष उमेर समूहलाई खोप लगाउने भनिए पनि खोपको मात्रा कम प्राप्त भएपछि ६२ देखि ६४ वर्ष समूहलाई मात्र खोप लगाउन सुरु गरिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस