२०८१ बैशाख ४, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा थप एक संक्रमितको मृत्यु , एकैदिन ३३ जना संक्रमित

२०७८ बैशाख १२, आईतबार प्रकाशित ( साल अघि) २१९० पाठक संख्या

 

विकास चापागाई

बैशाख १२ परासी । कोरोना संक्रमणबाट पश्चिम नवपरासीमा थप एकजनाको मृत्यृ भएको छ ।

मृत्यृ हुनेमा रामग्राम नगरपालिका वडा नम्बर ९ का ६० वर्षीय वृद्ध रहेको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

रामग्राम नगपालिका–३ मा यस अघि एक महिलाको एक हप्ता अघि मृत्यृ भएको थियो । नेपालमा पनि कोभिडको नयाँ भेरियन्ट देखा परेपछि जिल्लामा दुई जनाको मृत्यृ भएको छ । अहिलेसम्म पश्चिम नवलपरासीमा ३६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यसै विच पश्चिम नवलपरासीमा आइतबार एकैदिन थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको १९ जना पुरुष र १४ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

आइतबार रामग्राम नगरपालिकामा १८, सुनवल नगरपालिकामा ७, बर्दघाट नगरपालिकामा ५, सरावल गाउँपालिकामा २ र पाल्हीनन्दन गाउँपालिकामा १ जनामा संक्रमण देखिएको छ ।

आज थपिएकासँगै जिल्लामा कोरोना संक्रमितको संङ्ख्या १५ सय ६९ पुगेको छ । अब जिल्लामा एक सय ११ जना संक्रिय संक्रमित आइसोलशनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला प्रसाशन कार्यालयले संक्रमणको जोखीम नियन्त्रका तथा रोकथामका लागि सत्रक रहन र भिडभाड, हाटबजार, नलगाउन र सामाजिक दुरी कायम गर्न अपिल गरेको छ । तर जिल्लाका मुख्य बजारमा भने भिडभाड कायमै रहेको छ भने न्युनतम स्वास्थ्य मापदण्ड समेत पालना गरेको पाइँदैन ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%४%

प्रतिक्रिया दिनुहोस