२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा तीर्थालु बोकेको बस दुर्घटना, ४५ जना घाइते

२०७९ माघ ७, शनिबार प्रकाशित ( साल अघि) ८९६३ पाठक संख्या

परासी । पश्चिम नवलपरासीमा तीर्थालु सवार बस दुर्घटना हुँदा ४५ जना घाइते भएका छन् ।

नवलपरासीको पाल्हीनन्दन गाउँपालिका १ झरहीखोला नजिकै तीर्थयात्रु बोकेको बस दुर्घटना हुँदा ४५ जना भारतीय नागरिक घाइते भएका छन् ।

माघे औंशीको अवसरमा पूर्वी नवलपरासीको त्रिवेणीस्थित नारायणी नदीमा स्नान गरेर फर्कंदै गरेका तीर्थयात्रु बोकेको युपी १६ एफ टी ७४६६ नम्बरको भारतीय बस ब्रेक फेल हुँदा पाल्हीनन्दन गाउँपालिकाको रमवापुरमा दुर्घटना भएको हो ।

दुर्घटना परी घाइते भएकाहरुको अहिले पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए ।

बसमा ६५ यात्रु सवार थिए । माघे ‌औंशीमा त्रिवेणीमा ठूलो मेला लाग्ने गर्दछ । उक्त मेलामा भारतबाट हजारौं श्रद्धालु स्नान गर्न आउने गर्दछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२२%३%१५%४%९७%६%

प्रतिक्रिया दिनुहोस