२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा ट्रक सहित २९ लाख बढीको अबैध मालसमान नियन्त्रणमा

२०७७ भाद्र २९, सोमबार प्रकाशित ( साल अघि) १२७८ पाठक संख्या

सहबान अन्सारी

नवलपरासी । पश्चिम नवलपरासीमा ओसार पोसारमा संलग्न १ ट्रक सहित २९ लाख मूल्य बराबरको अबैध मटर प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार बर्दघाट नगरपालिका वडा नं. १२ भटौलियास्थित ना ४ ख ४६२५ नम्बरको ट्रकलाई रोकि चेकजाँच गर्दा उक्त ट्रकमा ४२० बोरा मटर ( केराउ) फेला पारि सोधपुछ गर्दा मटरसँग सम्बन्धित कुनै पनि कागजपत्र फेला नपरेकोले ट्रक चालक सहित नियन्त्रणमा लिएको हो ।

करिब १६ लाख ८० हजार मुल्य बराबरको उक्त मटर ( केराउ) र मुल्य १० लाखको ट्रक ईलाका प्रहरी कार्यालय बर्दघाटले नियन्त्रणमा लिएको हो । त्यसैगरी प्रतापपुर गाउँपालिका वडा नं.२ चाँदनी चोकबाट ८४ हजार मुल्य बराबरको मटर ईलाका प्रहरी कार्यालय सेमरीले नियन्त्रणा लिएको हो ।

त्यस्तै रामग्राम नगरपालिका वडा नं. ४ बाईपासबाट बेवारिसे अवस्थामा करिब ५० हजार मुल्य बराबरको मटर जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो । त्यस्तै पाल्हिनन्दन गाउँपालिका वडा नं.१ शंकरपुरमा मोटरसाईकलमा राखी नेपालबाट भारत तर्फ अबैध रुपमा लैजादै गर्दा १९ बोरा करिब ४४ हजार मुल्य बराबरको मटर सिमा प्रहरी चोकी महेशपुरले नियन्त्रणमा लिएको हो ।

साथै रामग्राम नगरपालिका वडा नं. ७ उजैनीबाट १४ बोरा करिब ५४ हजार मुल्य बराबरको मटर (केराउ) १३ हजार मुल्य बराबरको २२० पिस सेण्डो भेष्ट र ८ हजार मुल्य बराबरको ६ वटा सानो ग्याँस सिलिण्डर र ग्याँस चुल्होमा प्रयोग हुने सामानहरु जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको ट्रक, चालक, केराउ र अन्य मालसामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस