२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा क्रेनमा रड लोड गर्ने क्रममा लडेर १ जनाको मृत्यु

२०७८ बैशाख २९, बुधबार प्रकाशित ( साल अघि) १००६ पाठक संख्या

परासी । नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका-३ नन्दपुर बस्ने २७  वर्षीय खुसीहाल कमकरको क्रेनमा रड लोड गर्ने क्रममा लडेर सोमबार दिउँसो मृत्यु भएको छ ।

लु.१ क २४७७ नम्बरको क्रेनमा रड लोड गर्ने क्रममा चिप्लिएर लड्दा कमकर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बर्दघाटबाट र प्रहरी चौकी बासाबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि भैरहवातर्फ लैजाने क्रममा क्रममा बाटोमै मृत्यु भएको हो ।

क्रेन चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%९%२%

प्रतिक्रिया दिनुहोस