२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा कोरोनाबाट एकैदिन ६ जनाको मृत्यु

२०७८ बैशाख २९, बुधबार प्रकाशित ( साल अघि) १२९८ पाठक संख्या

नवीन पौडेल

परासी । पश्चिम नवलपरासीमा कोरोना संक्रमणको कारण बुधबार एकै दिन ६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामग्राम नगरपालिकाका २ जना पुरुष र सुनवल नगरपालिका ३ जना महिला र एक जना पुरुष रहेका छन्।

सुनवल नगरपालिकाका वडा नम्बर ४ की ८४ वर्षीय र २८ वर्षीय र वडा नम्बर ८ की २९ वर्षीय महिलाको होम आइसोलेसनमा मृत्यु भएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख कृष्णप्रसाद पोखरेलले बताए ।

सुनवल नगरपालिका ८ का ६३ वर्षीय पुरुषको रुपन्देहीको भिम अस्पतालमा मृत्यु भएको हो ।

यसैगरी रामग्राम नगरपालिका वडा नम्बर १० र १८ का कोरोना संक्रमित दुई जनाको जिल्ला अस्पताल परासीमा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा आजसम्म १ हजार २ सय २२ जना संक्रिय सक्रमित छन् भने कोरना संक्रमणबाट ८२ जनाको मृत्यु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस