२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपरासीको राष्ट्रिय आवास कम्पनीको जग्गा क्रान्तिकारी माओवादीद्वारा कब्जा

२०७७ भाद्र १९, शुक्रबार प्रकाशित ( साल अघि) १२२० पाठक संख्या

परासी, १९ भदौ — मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी ) बर्दघाट नगर कमिटीले पश्चिम नवलपरासीको बर्दघाट–२ चिसापानीस्थित राष्ट्रिय आवास कम्पनीको जग्गा कब्जा गरेको घोषणा गरेको छ ।

बिहीबार राष्ट्रिय आवास कम्पनीको नाममा रहेको ८ बिघा १२ कठ्ठा २ धुर जग्गा सार्वजनिक जग्गमा परिणत हुनुपर्ने भन्दै पार्टीको झण्डा गाडेर कब्जा गरेको क्रान्तिकारी माओवादी बर्दघाट नगर सेक्रेटरी क्रान्तिले बताए ।

वैद्य माओवादीका कार्यकर्ताहरुले कोणसभाको आयोजना गरेर आवास कम्पनीले सस्तो मूल्यमा जग्गा बिक्री गर्न खोजेको, दलाली लगाएर सरकारी जग्गााको कारोबार गर्न खोजेको भन्दै कब्जा गरेको जनाएको छ । साथै जग्गा बिक्री गर्न खोजेमा पार्टीले कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।

पटक पटक सूचना प्रकाशित गरेर राष्ट्रिय आवास कम्पनीले सो जग्गा बिक्री गर्न खोजेपनि स्थानीयको अवरोध र विरोधको कारण जग्गा बिक्री हुन सकेको छैन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस