२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

नवलपरासीको पृथ्वी चन्द्र अस्पतालका ३ डाक्टर कोरोना पुष्टि

२०७७ भाद्र ७, आईतबार प्रकाशित ( साल अघि) ९१७ पाठक संख्या
भदौ, परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को परासीस्थित पृथ्वी चन्द्र अस्पतालका ३ जना डाक्टरसहित एक नर्समा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमले दिएको जानकारी अनुसार ५ जना स्वास्थ्यकर्मीको स्वाब परिक्षणका लागि पठाईएकोमा ४ जना कोरोना पोजेटिभ देखिएको हो । उनीहरुको गत साउन ३२ गते स्वाब संकलन गरि परिक्षणका लागि प्रादेशिक प्रयोगशाला भैरहवामा पठाईएको थियो ।

अस्पतालमा कार्यरत सबैको स्वाब संकलन गरि द्रुत परिक्षण गर्ने र एक दुई दिनका लागि आकस्मिक सेवा पनि बन्द गर्ने तयारी भइरहेको बताइएको छ ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस