२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपरासीः जीर्ण र सागुरा पुलका कारण हुलाकी मार्गमा यात्रा जोखिमपूर्ण

२०७९ अषाढ २, बिहिबार प्रकाशित ( साल अघि) १४६८ पाठक संख्या

गोपी ज्ञवाली

नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीदेखि त्रिवेणीसम्मका सडक खण्डमा रहेका जीर्ण र सागुरा पुलका कारण हुलाकी मार्गको यात्रा जोखिमपूर्ण बनेको छ ।

लामो समयदेखि निर्माण अलमलमा परेको राष्ट्रिय गौरवका आयोजनाहरु मध्य नवलपरासीको हुलाकी सडकको निर्माण कार्यले अहिले तिब्रता पाएको अवश्थामा हलाकी सडकमा रहेका पुराना र सागुरा पुलका कारण हुलाकी सडकको यात्रा जोखिमपुर्ण यात्रा हुने गरेको छ ।

पश्चिम नवलपरासीको सदरमुकाम परासी देखी वर्दघाटको नारायण चोक हुदै सुस्ता गाउपालिकाको रानीनगर सम्मको हुलाकी सकडक खण्डमा रहेका करिब एक जर्दन पुलहरु अत्यन्तै पुराना एवं सागुरा भएका कारण हुलाकी सडकको विस्तार पछि पनि यात्रा जोखिमपुर्ण बनेको वर्दघाट नगरपालिका नारायण चोकका स्थानियवासी क्षेत्र बहादुर थापाले बताउनु भयो । नवलपरासीको हुलाकी सडक मध्य दोस्रो खण्डको रुपमा रहेको नारायणचोक देखी रानीनगर सम्को सडक खण्डमा निर्माणको कामले त्रिब्रता पाएको अवश्थामा हुलकी सडकमा रहेका करिब एक दर्जन पुलहरु अत्यन्तै जिर्ण अवश्थामा रहेका छन ।

हुलाकी सडक निर्माणको कामले तिब्रता पाएको भए पनि हुलाकी राजमार्गको गोपीगंजमा रहेको नेपाली नहर माथि रहेको पुल अत्यन्तै सागुरो र जिर्ण अवश्थामा रहेको भए पनि हुलाकी सडक निर्माण आयोजनाले पुल विस्तकारको कुनै योजना छैन । यसै गरी गोपीगंजको पेट्रोल पम्प नजिकको सेमरी घोलाको पुल, बेलासपुर पहिलाको भारतीय पश्चिम गण्डक माथि रहेको पुल अत्यन्तै जिर्ण अवश्थामा रहेको छन तर सम्बन्धित निकाएले भने कुनै चासो नदिएको वर्दघाट नगरपालिका वार्ड नम्बर ७ ज्यामिरेभारका स्थानियवासी पप्पु रेग्मीले बताउनु भएको छ ।

यसै गरी सरावलको मनरी खोलाको पुल, पिपरा खोलाको पुल, हात्तीबन पुल, भिमटाडी खोलाको पुल, प्रतापपुरको खजुराह खोलाको पुल, रानीनगरको गण्डक नहर बी ग्यापको निकासमा रहेका पुल लगाएतका करिब एक दर्जन पुलहरु अत्यन्तै जिर्ण र सागुरा रहेको कारण यो सडकको यात्रा अत्यन्तै जोखिमपुर्ण रहेको छ ।

हुलाकी सडक अन्तर्गतको नवलरासी खण्डमा निर्माणाधिन अवश्थामा रहेको हुलाकी सडक निर्माणको क्रममा पहिला सडक विस्तारको योजना रहेको र यो चरणमा पुलहरुको निर्माणको योजना अहिले नै नबनि सकेको हुलाकी सडक विस्तार आयोजना कार्यालयका कपिलवस्तुका आयोजना प्रमुख ईन्जीनियर सरद आचार्यले बताउनु भएको छ ।

नवलपरासीको सदरमुकाम परासी देखी त्रिवेणी रानीनगर सम्मको हुलाकी सडक निर्माणको कामलाई परासी देखी नारायण चोक सम्मको पहिलो खण्ड र नारायण चोक देखी रानीनगर सम्म दोस्रो खण्ड गरी हुलाकी सडक निर्माणको कामलाई दुई खण्डमा विभाजन गरी निर्माणको कार्य भई रहेको छ ।

नवलपरासीको हुलाकी सडकको पहिलो खण्डको रुपमा सदरमुकाम परासी देखी वर्दघाटको नारायण चोक सम्मको २० किलोमिटरको भागलाई पहिलो खण्ड र वर्दघाट नगरपालिका वडा नम्बर १३ नारायण चोक देखी सुस्ताको रानीनगर सम्मको १५ किलोमिटर सम्मको सडक खण्डलाई दोस्रो खण्ड मानेर निर्माणको काम भई रहेको यो सडक खण्डका करिब दुई दर्जन पुलहरु र दश वटा साना कल्वटहरु या त जिर्ण अवश्थामा छन या अत्यन्तै सागुरा बनाइएका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस