२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नलपरासीमा पिपलको रुख काट्ने क्रममा च्यापिएर १ जनाको मृत्युु

२०७८ जेष्ठ १८, मंगलबार प्रकाशित ( साल अघि) १००८० पाठक संख्या

परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ बैरिहवामा पिपलको रुख काट्ने क्रममा च्यापिएर एक जनाको मृत्युु भएको छ । मृत्युु हुनेमा रामग्राम नगरपालिका–७ उजैनीका ४० वर्षीय सुवान अलि धोवि रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जानकारी दिएको छ ।

सोमबार दिउँसो ३ बजेतिर आफ्नै जग्गामा रहेको पिपलको रुख काट्ने क्रममा रुख ढलेर च्याप्दा उनको मृत्यु भएको हो । शवको पोष्टमार्टमको लागि पृथ्वीचन्द्र अस्पताल परासीमा राखिएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१४%५%८%६२%४%

प्रतिक्रिया दिनुहोस