२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नमुना नन्दभाउजु महिला बचत तथा ऋण सहकारीको १४औं वार्षिक साधारण सभा सम्पन्न

२०७७ आश्विन २८, बुधबार प्रकाशित ( साल अघि) १४९६ पाठक संख्या

कावासाेती २८ असोज । प्रवेशद्वारमा माक्स र सेनेटाईजको व्यवस्था मञ्चमा तीन चार जना अतिथी, सामाजिक दुरीमा रहेका कार्यसमितिका पदाधिकारी र विभिन्न उप समितिका सदस्य तथा सल्लाहकारहरुको उपस्थीतिमा मध्यविन्दु नगरपालीका -३ ईटौरामा नमुना नन्दभाउजु महिला बचत तथा ऋण सहकारी सस्थाले आफनो १४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

विश्वव्यापी रुपमा फौलिएको कोभिड–१९ कोरना भाईरसको कहरकाबीच ठुलो बगैचा भित्रको शान्त वातावरण, न खाना खानेको लाईन न भत्त्ता बुझ्नेकै ठेलठेलको दृष्य विना नै केही अतिथिहरुको उपस्थितीमा सहकारी विभागको परिपत्र अनुसार संस्थाले आफनो साधारण सभा सम्पन्न गरेको हो ।

संस्थाको निती तथा कार्यक्रम प्रस्तुत गर्दै नमुना नन्दभाउजु महिला बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष टिका कुमारी महतोले विश्वब्यापी सहकारिताको भावना, मूल्य मान्यता, सिद्धान्त अनुरुप पारदर्शी रुपमा सदस्यहरूको आर्थिक, सामाजिक हितको लागि अनवरत लागिरहेको बताउँदै सहकारिताको माध्यमबाट उपलब्ध श्रोत साधनको उच्चतम प्रयोग गर्दै सदस्यहरूको आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्याउँदै आएको बताउनुभयो।

उहाँले संस्थामा जम्मा हुन आएको बचत रकम, शेयर वापतको रकमलाई ब्यवसायिक योजना तथा सदस्यहरूलाई उद्योग व्यवसाय सञ्चालन गर्नको लागि ऋणका साथ साथै बचत फिर्ताको लागि यथेष्ट तरलता कायम गरिएको, शिक्षामा बिभिन्न सरकारी तथा निजि स्कुलहरूमा जेहेन्दार विद्यार्थीहरूलाई छात्रावृती प्रदान गरिदै आएको पनि जानकारी दिनुभयो।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनुभएका मध्यविन्दु नगरपालीकाको नगर उप-प्रमुख ओम कुमारी महतोले विश्व अर्थतन्त्रमा सहकारीको महत्वपूर्ण योगदान रहेको बताउँदै नेपालको अर्थतन्त्रमा पनि सहकारी क्षेत्रको करिब एक तिहाई योगदान रहेको दावी गर्नुभयो। उप-प्रमुख महतोले नगरपालीकाबाट पछिल्लो समयमा महिला दिदि बहिनिहरु हकहितका लागी विभिन्न कार्ययोजना ल्याएको बताउदै त्यसको सहि सदुपयोग गर्ने सम्मेत आग्रह गर्नु  भयो । उहाँले महिला अधिकार तथा हकहितको क्षेत्रमा सधै तत्पर रहेर काम गर्ने सम्मेत बताउनु भयो ।

त्यस्तै कार्यक्रममा संस्थाको उपाध्यक्ष तारा पाण्डेले स्वागत मन्तव्य राखनुभएको थियो भने आर्थीक प्रतिवेदन कोषाध्यक्ष टुरिष्टा देवी गुरौले प्रस्तुत गर्नु भएको हो । कार्यक्रममा कोरोनाका कारण सामाजीक दुरी कार्यम राखदै व्यवस्थापक मुना ढकालले कार्यक्रमकोे सहजीकरण गर्नु भएको थियो ।

संस्थाका असल ऋण्ी,अधिक बचतकर्ता, बालबचतकर्ता, एस ईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी लगाएत विभिन्न शिर्षकमा गरी २० जनालाई सम्मान र पुरस्कृत समेत गरिएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस