२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

नक्कली नोट बनाउने मेसिनसहित चारजना पक्राउ

२०७७ चैत्र ९, सोमबार प्रकाशित ( साल अघि) ११७२ पाठक संख्या

भरतपुर । चितवनमा नक्कली नोट बनाउने मेसिनसहित चारजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले आज पत्रकार सम्मेलन गर्दै नक्कली नोट बनाएको आरोपमा पक्राउ परेकालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–८ का २९ वर्षीय देवेन्द्र राई र सोही ठाउँका १९ वर्षीय पवन राई रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुलाई भरतपुर महानगरपालिका–१, बसपार्क क्षेत्रको पसलमा नक्कली नोट दिई सामान खरिद गरिरहेका अवस्थामा पक्राउ गरिएको थियो । अनुसन्धान क्रममा नोट छाप्ने कार्यमा संलग्न थप दुईजनालाई काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १३ का २८ वर्षीय विश्वराम राई र सोही ठाउँका २४ वर्षीय राजाराम दनुवार रहेका छन् ।

 

प्रहरीका अनुसार काभ्रेपलाञ्चोकको मण्डनदेउपुर–६, सिपाघाटमा रहेको विश्वराम राईको मोबाइल पसलबाट नक्कली नोट छाप्न प्रयोग गरिने ल्यापटप दुईथान, कार्ड रिडर एकथान, प्रिन्टर (फोटोकपी मेसिन) दुईथान, हार्डडिस्क एकथान बरामद गरिएको छ । राईलाई मोबाइल पसलबाटै पक्राउ गरिएको थियो ।

यस्तै, मेलम्ची नगरपालिका–१२, सिन्धुखोलामा रहेको राजाराम दनुवारको मोबाइल पसलबाट प्रिन्टर एकथान, नक्कली नोट छाप्नका लागि प्रयोग भएकोे फोटोकपी पेपर पाना २४, एउटा एफोर पेपरमा नेपाली एक हजार दरको नोट अगाडि-पछाडि छापिएको पेपर एकथान बरामद गरिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । दनुवारलाई मोबाइल पसलबाटै पक्राउ गरिएको थियो ।

पक्राउ परेका व्यक्तिहरुलाई संगठित अपराध तथा निवारण ऐन–२०७० अन्तर्गत मुद्रासम्बन्धी कसुर (खोटा मुद्रा) मुद्दामा चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थपगरी अनुसन्धान कार्य भइरहेको उनले जानकारी दिए । रासस

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस