२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

देवचुलीमा फेला परेकी महिलको उद्धार गरी आश्रममा पठाईयो

२०७८ जेष्ठ १६, आईतबार प्रकाशित ( साल अघि) २०३० पाठक संख्या

कावासोती । युवाहरुको सक्रियतामा विगत केही दिन देखि बेवारिसे अवस्थामा दलदले चोकमा रहेकी महिलाको उद्धार गरि आश्रम पुर्‍याईएको छ ।

सामाजिक रुपमा विभिन्न अभियान चलाउदै आएका युवाहरुको समूह विपदमा युवा र देवचुली नगरपालिकाको पहलमा शुक्रबार दलदले चोकमा फेला परेकी महिलाको उद्धार गरि नगरपालिकाको क्वारेन्टाइनमा राखिएको थियो।

बेवारिसे अवस्थामा फेला परेकी महिलाको पिसिआर परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आए पछि विपदमा युवा र देवचुली नगरपालिकाको पहलमा महिलालाई चितवनको भरतपुरमा रहेको मानवसेवा आश्रममा पठाईएको विपदमा युवा अभियानका संयोजक सुरज भुसालले बताए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%३%१%

प्रतिक्रिया दिनुहोस