२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

देवचुलीमा घडियाल कप फुटबल प्रतियोगिता हुने

२०७७ फागुन २०, बिहिबार प्रकाशित ( साल अघि) १३१५ पाठक संख्या

कावासोती । पुर्वी नवलपरासीमा घडियाल कप फुटबल प्रतियोगिता हुने भएको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा पर्ने शिशवार उपभोक्ता समितिको आयोजनामा यहि फागुन २३ गते देखि प्रतियोगिताको पहिलो संस्करण सुरु हुने बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

शिशवार उपभोक्ता समिती अन्तर्गतका नौ क्षेत्र बीच प्रतिस्पर्धा हुने प्रतियोगिता देवचुली-१ को नारायणी नदि किनारमा रहेको खेल मैदानमा सन्चालन हुने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । प्रतियोगितामा प्रथम हुने समुहलाई २५ हजार, दोस्रो हुने समुहलाई १५ हजार नगद ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने जनाईएको छ ।

लोपोन्मुख घडियाल गोहि संरक्षण गर्न खेलकुद को माध्यमबाट जनचेतना फैलाउने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको पत्रकार सम्मेलनमा शिशवार उपभोक्ता समितीका अध्यक्ष नेत्रबहादुर पाण्डेले बताए ।

प्रतियोगिता फागुन २८ गते सम्म सन्चालन हुने छ । शिशवार उपभोक्ता समिति  देवचुली नगरपालिका  वडा नं १ पुरै , २,१३,१४,१५,१६,१७ काे अधिकांस भुभाग समेटेेेर गठन गरिएको मध्यवर्ती क्षेत्र हो  ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस