२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

देवचुलीमा कोरोना मृत्यु प्रकरण : नगरप्रमुख र उपप्रमुखको कार्यकक्षमा तालाबन्दी

२०७८ बैशाख २१, मंगलबार प्रकाशित ( साल अघि) १२६७ पाठक संख्या

आदर्श सुशिल

देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाका नगरप्रमुख र उपप्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।

सोमबार हिजो देवचुली १३ मा एक कोरोना संक्रमितको मृत्यु भएपछी सो घटनामा नगरपालिकाको ब्यवस्थापकीय गैरजिम्मेवारी भएको भन्दै नागरिक समाजका अगुवाहरुले नगरप्रमुख पूर्णकुमार श्रेष्ठ र उपप्रमुख पार्वता तिवारीको कार्यकक्षमा तालाबन्दी गरेका हुन।

सुरुमा नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिए पनि स्वास्थ्य सेवामा प्रभाव पर्न सक्ने भन्दै प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देलको कार्यकक्षको ताला खोलिएको थियो।

नागरिक समाजका अगुवा श्यामशर्मा भुसालले कोरोना महामारीमा देवचुली नगरपालिकाको कार्यशैली र ब्यवस्थापन चित्तबुझ्दो नभएको भन्दै तालाबन्दी गरेको बताउनुभयो। उहाँले आगामी दिनमा त्यस प्राकृतिको घटना नदोहोरियोस भन्दै नगरपालिकाले एम्बुलेन्सको ब्यवस्थापन नगरेसम्म ताला नखोलिने बताउनुभयो। साथै नगरबासी एम्बुलेन्स नपाएर मर्ने अवस्था आउँदा नगरप्रमुख र उपप्रमुखले सुबिधासम्पन्न गाडी चढ्ने नैतिक आधार नभएको भन्दै गाडी चढ्न नदिने बताएका छन् ।

तालाबन्दी पछि प्रतिक्रिया दिंदै नागरिक अगुवा भुसालले आँफुहरुले बिरोधका लागी मात्रै बिरोध नगरेको बताउँदै कोरोना महामारीमा सबै जुटेर लड्नुपर्ने बताउनुभयो। स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले स्वास्थ्यकर्मीहरुले कोभिडको लडाईमा कुनै कसर बाँकी नछोडेको बताउँदै कार्यपालिकाको निर्णय आँफुहरुले पालन गर्ने बताउनुभयो।

सोमबार हिजो दिउँसो साढे दुईबजे देवचुली १३ का ६८ बर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो। संक्रमितलाई श्वास फेर्न गाह्रो भएपछी अस्पताल लैजान एम्बुलेन्स तथा निजि गाडी नपाएपछी ट्याक्टरमा लगिएको थियो। संक्रमितको कोभिड अस्पताल दुम्कौलीको परिसरमा मृत्यु भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%१%२%

प्रतिक्रिया दिनुहोस