२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

देवचुलीमा कडरियाको नेतृत्वमा उम्मेदवार घोषणा

२०७८ आश्विन ८, शुक्रबार प्रकाशित ( साल अघि) १३६६ पाठक संख्या

नवलपुर । देवचुलीमा नेपाली काँग्रेसको एक समूहले उम्मेदवारी घोषणा गरेको छ । आज दलदलेमा उम्मेदवार सहित शुभेच्छुक कार्यकर्ताले डिल्लीराम कडरियाको नेतृत्वमा पदाधिकारी नेतृत्वका उम्मेदवार घोषणा गरेको हो ।

नेपाली काँग्रेस देवचुली नगर समिति अधिबेशनमार्फत सर्वसम्मत गराउने प्रयास अन्तिमसम्म रहँदा निकास सहित प्रगति हासिल हुन नसकेपछि आकांक्षीहरुले उम्मेदवारी घोषणा गर्नुपरेको सभापतिका उम्मेदवार कडरियाले बताउनुभयो ।

वहाँले नेपाली कांग्रेसलाई देवचुलीमा सुदृढ, एकढिक्काका साथै देवचुलीमा रहेको पार्टीको बर्चश्वलाई कायम राख्दै थप ठूलो पार्टी बनाउन आफ्नो प्यानल सहितको उम्मेदवारी भएको दावी गर्नुभयो ।सार्वजनिक भएका उम्मेदवारमा उपसभापति पदमा भोजेन्द्रबहादुर रायमाझी र पुरुषोत्तम गैह्रे, सचिवमा देबेन्द्र भटराई र सुन्दर पाण्डे तथा सह(सचिवमा तनुजा महतो र शंकरबहादुर बिक छन् ।

देवचुलीमा नेपाली काँग्रेस नगर अधिबेशनमा रबिलाल सापकोटाको नेतृत्वमा प्यानल सहित अर्को समूहले उम्मेदवारी दिने तयारीमा रहेको सापकोटा निकट काँग्रेस स्रोतले जनाएको छ । देवचुलीमा कडरियालाई काँग्रेस जिल्ला सभापतिका आकांक्षी एवं संबिधान सभा सदस्य महेन्द्रध्वज जिसी पक्षले सहयोग गर्ने बुझिएको छ भने घोषणा हुन बाँकी सापकोटालाई काँग्रेस महामन्त्री तथा संघीय सांसद डा। शसांक कोइराला पक्षको उममेदवारका रुपमा हेरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%४%

प्रतिक्रिया दिनुहोस