२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

देवचुलीकी जुम्ल्याहा दिदि बहिनिको नयाँ म्युजिक भिडियो सार्वजनिक

२०७७ भाद्र १५, सोमबार प्रकाशित ( साल अघि) १०६५ पाठक संख्या

नवलपुर/१५ भदौ

“बिहानीको झुल्के घाम पूर्व दिशाको
हाँसीराख सोल्टिनी किन रिसाको” गीतको हरफसँगै नवलपुरका जुम्ल्याहा दिदिबहिनी एलिना र एलिसा केसीले म्युजिक भिडियोमा डेव्यु गरेका छन् । पछिल्लो समय नेपाली म्युजिक भिडियोहरुमा जुम्ल्याहाको अभिनय बढिरहेको छ, यसै क्रममा नवलपुरबाट पनि म्युजिक भिडियोमा जुम्ल्याहा दिदी बहिनीले डेब्यु गरेका हुन ।

सुरेश सुन्दासको रचना गायक कृष्ण केसी र गायिका सीता केसीको आवाजमा रहेको गीत “किन रिसाको”मा संगित संयोजन चित्र बहादुर आचार्य गरेका हुन भने चर्चित “गीत ओए” भन्यो मायाले झ्यालबाटका गायक हरि गिरि बिमर्सीको निर्माण रहेको सो गीतको गणेश भण्डारी”जेरी”ले निर्देशन गरेका छन । प्रिज्म रेकर्डिङ स्टुडियो काठमाडौंमा रेकर्डिङ गरिएको गीतमा श्यामश्वेत रसाईलीले मिक्सिङ्गगरेका छन् भने कृष्ण केसीले गीतमा एरेन्जको काम गरेका छन् ।

गीतलाई गायक बिमर्शीको अफिसियल युट्युब च्यानल हरी गिरी बिमर्शी मार्फत सार्वजनिक गरिएको छ। म्युजिक भिडियोमा अभिनय गर्ने जुम्ल्याहा दिदिबहिनी मध्ये एलिना सञ्चारकर्मी हुन भने एलिसाको व्यवसाय समेत रहेका छन् ।म्युजिक भिडियो हेर्नुहोस । https://youtu.be/U4obOdlsGgg

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस