२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

देवचुलीका समाजसेवी रावलले “गोलपार्क चौतारी” निर्माण गर्दै

२०७८ जेष्ठ ९, आईतबार प्रकाशित ( साल अघि) १७४७ पाठक संख्या

एलिना केसी

देवचुली । देवचुली नगरपालिका वडा नं ९ विशालटारमा रहेको घुमाउरी सामुदायिक वनको पिक्निक स्पोर्टमा गोलपार्क चौतारी निर्माण कार्य सुरु भएको छ ।

सामुदायिक वनको चिनारी पिक्निक स्पोर्टको मुख्य बाटोको बिच भागमा आधुनिक डिजाईनको गोलपार्क सहितको चौतारी निर्माण कार्य चलिरहेको छ ।

देवचुली ९ का स्थानीय समाजसेवी हेम बहादुर रावलका सुपत्र राजेन्द्र रावलले पिक्निक स्पोर्टमा उक्त गोलपार्क चौतारी निर्माण गर्दै हुनुहुन्छ ।

घुमाउरी सामुदायिक वनको पिक्निक स्पोर्टमा धेरै पर्यटकहरु पिक्निकका लागि आउने गरेको र चौतारी निर्माण पश्चात यहाँ आउने जोकोहीलाई चौतारीमा बस्न सहज हुने भएकाले पनि आँफू यस कार्यमा अघि सरेर आर्थिक सहयोग गरेको रावलले बताउनुभयो ।

पार्टीपौवा र चौतारी निर्माण गर्ने  कार्य भएकाले पनि आँफूले चौतारी निर्माण गरि सहयोग गरेको रावलले जानकारी दिनुभयो ।

करिब ५० हजार लागतमा निर्माण कार्य चलिरहेको गोलपार्क चौतारी केही दिनमा नै सम्पन्न हुने घुमाउरी सामुदायिक वनका अध्यक्ष दिपक भट्टराईले बताउनुभयो । यस महान कार्यका लागि अघि बढि घुमाउरी सामुदायिक वनको पिक्निक स्पोर्टलाई सहयोग गर्नुभएकोमा राजेन्द्र रावललाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

देवचुली नगरपालिकाको पर्यापर्यटकीय क्षेत्रमा नाम कमाउँदै आइरहेको घुमाउरी पिक्नििक स्पोर्टमा धेरै नै दाताहरुबाट भौतिक संरचना निर्माण कार्य भएका छन् । घुमाउरी पिक्निक स्पोर्टलाई प्रख्यात पर्यटकीय क्षेत्रका रुपमा चिनाउनका लागि अध्यक्ष सहित कार्यसमितिका पदाधिकारीहरु निर्माण कार्यमा दिनरात लागि परेका छन्।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%१%

प्रतिक्रिया दिनुहोस