२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

देवचुलीका कोरोना संक्रमितको घरघरमा स्वास्थ्य सामाग्री तथा फलफुल

२०७८ जेष्ठ १५, शनिबार प्रकाशित ( साल अघि) २२४४ पाठक संख्या
नवराज अधिकारी/ कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पुर्व) नवलपुरको देवचुली नगरपालिकाका कोरोना संक्रमितहरुलाई एकीकृत दिव्यपुरी विपत व्यवस्थापन समितिले घरमै पुगेर स्वास्थ्य सामग्री तथा फलफुल वितरण गरेको छ । देवचुलि नगरपालिका वडा १ देखि ५ सम्मका विभिन्न टोलहरुमा रहेका २३ घर परिवारमा पुगिएको समितिका पदाधिकारी सुशील चापागाईंले जानकारी दिए ।
193023988_3323765974393793_3472731609985446790_n.jpg
कोभिड – १९ माहामारीका कारण भिडभाड गर्दा जोखिम हुने भएकाले समितिका सदस्यहरु, वडा अध्यक्ष, वडा सदस्य , नेपाल प्रहरी तथा स्वास्थ्य कार्यालयका प्रतिनिधिहरु सहित घरघरै पुगेर सामग्री वितरण गरिएको चापागाईंले जानकारी दिए । कोभिड –१९ का कारण होम आईसोलेसनमा रहेका व्यक्ति र उनीहरुका परिवारहरुको मनोबल उच्च बनाउन सहयोगी हुने बताइएको छ ।
एकीकृत दिब्यपुरी बिपत ब्यवस्थापन समिति बिपतको घडिमा युवाहरूको हात भन्ने नाराका साथ देवचुली १ देखि ५ का वडा अध्यक्ष हरुको रोहवरमा दिब्यपुरीका युवाहरू मिलि गठन भएको समिति हो । यस समितिले सम्पुर्ण टोल, बस्तीहरुमा माइकिङ गरि सचेतना गराएको थियो ।                                                                                                                                           यस्तै निःशुल्क गाडी बाट २ जना ज्वरो,खोकीका बिरामीहरु लाई अस्पताल पुर्याइएको, दिब्यपुरी भित्रका कोभिड संक्रमीत ब्यत्तीहरु लाई सम्पुर्ण वडाका अध्यक्षहरु, सुरक्षाकर्मी, स्वास्थकर्मी र समितीका सदस्यहरुको उपस्तिथिमा घरघरमा गई स्वास्थ सामाग्री बितरण गरिएको बताइएको छ ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस